मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

दुई पालिका बीच संयुक्त बैठक :
सभापोखरी आगलागि पिडीतलाई पाँचखपन नगरपालिकाद्धारा एक लाख सहयोग

Sankhuwasabhapress 618+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेका आगलागि पिडीतलाई छिमेकी पाँचखपन नगरपालिकाद्धारा एक लाख सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रम बीच पाँचखपन नगरपालिकाका मेयर विपीन राई र उमेयर सुमुना श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बू र उपाध्यक्ष लक्ष्मी चापागाईलाई संयुक्त रुपमा एक लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए । 

चेक हस्तान्तरण गर्दै पाँचखपन नगरपालिकाका मेयर राईले छिमेकीमा दुःख परेको समयमा पालिकाको तर्फबाट सक्ने सहयोग गरेको बताउर्दै पिडीत परिवारलाई केही राहत मिलोस भन्ने उद्धेश्यले सहयोग गरेको बताए । उनले सभापोखरी र पाँचखपन नगरपालिका बीच अन्योनाश्रित सम्बन्ध रहेको उल्लेख गर्दै जिल्लाका विभिन्न खेलकुद प्रतियोगिताहरुमा सभापोखरी र पाँचखपनका स्थानीयहरुले एकअर्कालाई समर्थन गर्दै हुटिङ्ग गर्ने गरेको बताए । 

सभापोखरी–६ बाह्रबिसे बजारमा गत माघ २ गतेको आगलागिबाट पाँच घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सभापोखरीका आगलागि पिडीतलाई सहयोग गर्ने भनेर पाँचखपन नगरपालिकाको गत माघ २१ गते बसेको कार्यपालिका बैठकले निर्णय गरेको मेयर राईको भनाइ छ । 

त्यस्तैगरि सहयोग हस्तान्तरणका साथै दुई पालिका बीच संयुक्त बैठक समेत बसेको थियो । उक्त संयुक्त बैठकले पाँचखपन र सभापोखरी बीचको सम्बन्ध, बिकास निर्माणका योजनाहरु र धार्मिक एबम पर्यटकीय स्थलहरुको संरक्षण तथा प्रबद्र्धन निर्णय समेत गरेको पाँचखपनका मेयर राईले बताए । उनको अनुसार, चैनपुर–वाना–बाह्रबिसे सडक र बाह्रबिसे–निपाने–माक्सुवा हुँदै होक्से–तुम्लिङटार जोड्ने सडकको दुवै पालिकाको संयुक्त लगानीमा सडक मर्मत तथा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

त्यसका साथै बन्दुके धार्मिकस्थल पाँचखपन, सभापोखरी र खाँदबारी नगरपालिकाको संगमस्थलमा पर्ने भएकाले तीन वटै पालिकाले संयुक्त रुपमा संरक्षण संवद्र्धन गर्ने समेत निर्णय भएको मेयर राईले जानकारी दिए । 

यसअघि पनि सिमाना जोडिएको पालिकाहरुले एकअर्कामा समन्वय र सहजीकरण गरि विकास निर्माणको काम गर्ने संखुवासभामा अभ्यास हुदैं आएको छ । यसअघि खाँदबारी-चिचिला, सभापोखरी–चिचिला गाउँपालिका बीच संयुक्त बैठक भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार