पक्राउ :
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ

Sankhuwasabhapress 620+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

संखुवासभा । जिल्लाका बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ परेका छन् ।

जिल्लाका धर्मदेवी नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौ महानगरपालिका–६ बौद्ध पाटीटार बस्ने ५९ बर्षीय दुर्गाबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

उनको अनुसार, उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसला आदेश अनुसार १० वटा बैकिङ कसुर मुद्धामा फरार रहेका भण्डारीलाई खोजतलास गर्ने क्रममा पक्राउ गरि काठमाडौं पठाएको हो ।

पाटन अदालतले गत ०७८ मंसिर २० गते र ०७९ असार १९ गते १० वटा मुद्धामा १ करोड ८७ लाख ४ हजार ४ सय रुपैयाको कसुर रहेको प्रहरीले जनाएको छ । 

भण्डारीलाई अदालत फैसला कार्यन्वयन गर्न र कैद भुक्तान गर्नका लागि पक्राउ गरि बुधबार काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार