मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

संखुवासभा :
पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी

Sankhuwasabhapress 618+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

संखुवासभा । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सोमबार पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरणको नाममा क्रियाशिल पत्रकारहरुको सदस्यता हटाएको विरोधमा संखुवासभाका चारवटा संस्थाहरुले तालाबन्दी गरेको हो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली कार्यालयमा संखुवासभाका चार वटा संस्थाहरु प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समुहले संयुक्त रुपमा तालाबन्दी गरेको हो । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरु रहेकोमा २०८० बैशाख १८ गते बसेको बैठकद्धारा ३३ जना सक्रिय पत्रकार सदस्यहरुको नवीकरण गर्न केन्द्रमा सिफारिस गरिएकोमा शुद्धिकरणको नाममा सदस्यता हटाएको पूर्ण असहमती जनाउदै विरोध स्वरुप तालाबन्दी गरिएको जनाएको छ ।

जिल्ला शाखाबाट पठाएको नामावलीलाई हुबहु कार्यन्वयन गरी सदस्यता नवीकरण दिन हुन समेत विज्ञप्ती मार्फत गर्न आग्रह गरेका छन् । माग सम्बोधन नभए पत्रकार महासंघका केन्द्रीय कार्यालयले गरेको गैरजिम्मेवार कदम विरुद्ध जिल्लाका पत्रकारहरु जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यस सिर्जित बिषम परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ प्रदेश र केन्द्रीय कार्यालयले लिनुपर्ने चेतावनी समेत दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार