मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

खाँदबारी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा निर्माण कार्की

Sankhuwasabhapress 618+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

संखुवासभा । जिल्लाको सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा निर्माणकुमार कार्की आएका छन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य सरुवा लिएर ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा कार्की आएका हुन् ।

बुधबार खाँदबारी नगरपालिका मेयर महेश थपलिया र उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य र कार्यपालिका सदस्यहरु, कर्मचारीहरु लगायत नगरपालिकाको सिंगो टिमले पूराना कार्यालय प्रमुख आचार्यको बिदाई र नयाँ कार्यालय प्रमुख कार्कीको स्वागत एउटै कार्यक्रमको आयोजना गरि सम्पन्न गरेका थिए । जानेलाई बिदाई र आउनेलाई स्वागत एउटै कार्यक्रममा गरिएको नगरपालिकाको भनाइ छ । सरुवा लिएर गएका आचार्यलाई नगरपालिकाको सिंगो टिमको तर्फबाट विभिन्न बिदाईका उपहारहरु समेत प्रदान गरेका थिए । 

खाँदबारी नगरपालिकाको मेयर महेश थपलियाले यो नियमित प्रक्रिया भएकाले जाने र आउने दुवै जनालाई कार्यसफलताको शुभकामना ब्यक्त गर्दै राष्ट्रसेवक कर्मचारीको भूमिकामा अब्बल रहन आग्रह गरे । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई खाँदबारी नगरपालिका १ नम्बर वडा कार्यालयको तर्फबाट समेत कार्यालयमा निमन्त्रणा गरी बिदाई गरेका थिए । १ नम्बर वडाका वडाध्यक्ष निरन्जन श्रेष्ठ र वडा कार्यसमितिको तर्फबाट बिदाईका उपहार सहित कार्यालय प्रमुख आचार्यको बिदाई गरेका थिए । 

आचार्यले १५ महिना खाँदबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हाले भने ६ महिना जिल्ला समन्वय समिति संखुवासभाका समन्वय अधिकारीको समेत भूमिका निर्वाह गरेका थिए । 

खाँदबारी नगरपालिकाको नयाँ  प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका कार्की नेपाल सरकारका उपसचिव हुन् । उनी भूमि सुधार मन्त्रालयबाट खाँदबारी सरुवा भई आएका हुन् । यसअघि उनी जिल्ला समन्वय समिति संखुवासभाका समन्वय अधिकारीको रुपमा २६ महिना काम गरेर मन्त्रालय गएका थिए । खाँदबारीका स्थानीय समेत रहेका कार्की ०५४ सालमा सरकारी सेवा प्रवेश गरेका हुन् । उनीसँग पर्यटन, महिला बालबालिका र भौतिक पूर्वाधार लगायतका मन्त्रालयहरुमा काम गरेको अनुभव छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार