संखुवासभा । जिल्लाका फरार सूचीमा रहेको पाँच जना प्रतिवादीहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले जिल्ला अदालत संखुवासभाको फैसला अनुसार अभद्र ब्यबहार मुद्धामा कसुरहरुमा कैद तथा जरिवाना ठहर भई फरार रहेका पाँच जनालाई एकै पटक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक धनबहादुर राजवंशीले बताए ।
उनको अनुसार, अभद्र ब्यबहार मुद्धामा फरार रहेका खाँदबारी नगरपालिका–८ का अनिष श्रेष्ठ, बेलकोटगढी–१० नुवाकोट घर भई हाल खाँदबारी–१ बस्ने विनोद डोटेल, खाँदबारी–३ का स्वस्तिका गुरुङ, खाँदबारी–१ सनिस श्रेष्ठ र खाँदबारी–८ का सजिन कार्की पक्राउ परेका हुन् ।