संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहा भ्याङखोलास्थित एक घरमा आगोलागि भएको छ ।
आज (शुक्रबार) खाँदबारी नगरपालिका–४ सेकाहा भ्याङखोलाका स्थानीय बसन गुरुङको घरमा आगोलागि भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक मेघराज अर्यालले बताए । उनको अनुसार, आगोलागि कसरी भयो र कति क्षति भयो भन्ने बारेमा स्थानीय, घरधनी र जनप्रतिनिधीहरुको रोहबरमा मुचुल्का उठाउने काम भईरहेको बताउर्दै क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक मेघराज अर्यालले बताए ।
शुक्रबार विहान करिब साढे १२ बजेतिर बसनको घरमा अचानक आगोलागि भएको थियो । आगोलागि भएपछि हल्लाखल्ला गरेर छिमेकी, प्रहरी र खाँदबारी नगरपालिकाको दमकलको सहयोगमा दुई घण्टा पछि आगो नियन्त्रणमा आएको स्थानीयले जनाएको छ ।
आगोलागिबाट बसनको जस्तापाताले छाएको दुई तले कच्ची घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आगोलागिबाट मानवीय र पशुचौपयाको भने क्षति भएको छैन् । घरभित्र रहेको अन्नापात, भाडावर्तन र एउटा मोटरसाइकल जलेर नष्ट भएको बसनको बुवा ज्ञानबहादुर गुरुङले बताए ।
घटनाको अनुगमन गर्दै खाँदबारी नगरपालिकाले मेयर महेश थपलियाले तत्काल आवश्यक पर्ने सामग्री राहत उपलब्ध नगरपालिकाले गराउने बताए । अनुगमन गर्न खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, वडाध्यक्ष र कार्यपालिका सदस्यहरु पुगेका थिए ।
भिडियो लिंक.....
https://www.youtube.com/watch?v=9LMO-RsFPpg