संखुवासभा । अन्तराष्ट्रिय मातृभाषा दिवशको अवसरमा पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा बरुण लोक–सांस्कृतिक नृत्य प्रतियोगिता मादी बहुमुखी क्याम्पस मादी प्रथम बनेको छ ।
अरुण उपत्यकाको अगुवा शैक्षिक संस्था वरुण बहुमुखी क्याम्पसले ‘संस्कृति संरक्षण र प्रवद्र्धनमा युवा सहभागीता’ भन्ने मुलनारा सहित आयोजना गरेको ‘बरुण लोक–सांस्कृतिक नृत्य प्रतियोगिता’ मादी मावि प्रथम बनेको हो । प्रतियोगितामा मनकामना रत्नअम्बिका मावि तुम्लिङटार दोस्रो र सगरमाथा मावि ताम्कू तृतीय बनेका थिए । चैनपुरको संखुवासभा बहुमुखी क्याम्पस चौथो स्थानमा चित्त बझाएका थिए । प्रतियोगितामा साहित्यकार ताराबहादुर बुढाथोकीको संयोजकत्वमा कवि वीरेश राई, गायकद्धय वीरबहादुर लिम्बू र नवीन दहाल, सुस्मिता श्रेष्ठ पाँच जनाको निर्णय मण्डलको निर्णय बमोजिम प्रतियोगिता सम्पन्न भएको प्रतियोगिता संयोजक नवराज कार्कीले बताए ।
प्रतियोगिता बरुण बहुमुखी क्याम्पसको प्रागंढमा आयोजना भएको थियो । विश्वविद्यालय अनुदान आयोग र खाँदबारी नगरपालिकाको साझेदारी तथा शिक्षा एवम् कलाप्रेमी महानुभावहरुको प्रायोजन सहयोगमा प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख चित्रारेखा अधिकारीले बताइन । उनले रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले मातृभाषा दिवसको अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको बताइन् ।
उक्त प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगिनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिली, धान नाच र मारुनी नृत्य लगायत प्रस्तुत गरिएको थियो । उक्त प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर र तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस, जिल्लाभित्रका सबै क्याम्पसहरु र संखुवासभा भित्रका एक स्थानीय तह एक माध्यमिक विद्यालय (११÷१२ संचालित) गरि कुल १५ वटा टिमको सहभागीता रहेको संयोजक कार्कीले बताए ।
उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा रहेको कला तथा सीपलाई सम्बद्र्धन तथा प्रोत्साहन गर्न विद्यार्थीहरुले निर्माण गरेका विभिन्न किसिमका हस्तकला, राडीपाखी, डालो, सिलामसाक्मा, अल्लो निर्मित पोशाक तथा विभिन्न सजावटका सामग्रीहरु पनि प्रदर्शनी एवम् बिक्रीमा राखिएको थियो ।
लोक–सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम नगद ३० हजार रुपैया, प्रमाणपत्र, द्वितिय नगद २० हजार रुपैया र प्रमाणपत्र र तृतीय नगद १० हजार रुपैया, प्रमाणपत्र र सान्त्वना÷चौंथोले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।
सहभागीता टिमहरुलाई दुरीको आधारमा जातेजातेको समेत क्याम्पसले ब्यबस्थापन गरेका थिए । वरुण क्याम्पसले गत बर्षपनि हस्तकला सामग्री प्रदर्शन कार्यक्रमको आयोजना गरेको थियो ।
vedio link....
https://www.youtube.com/watch?v=Zy7vpLEIUb8