मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मकालु गाउँपालिका–३ उवा :
मकालु उवामा पुस्तकालय स्थापना

Sankhuwasabhapress 612+ समाचार ( )
२१ जेठ २०८३, बुधवार

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ उवा स्थित रहेको  श्री पाथीभरा आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

साब्लाबुङ पुस्तकालय अभियान नेपाल हङकङद्वारा ७५ हजार रुपैयाँ बराबरको ४२० थान पुस्तक प्रदान गरेर साब्लाबुङ पुस्तकालय स्थापना गरेको हो । पुस्तकालय स्थापना साब्लाबुङ पुस्तकालय अभियान संखुवासभा जिल्ला प्रतिनिधि मानदेव प्यासीको उपस्थितिमा सम्पन्न भएको हो । 

उक्त पुस्तकालय स्थापना पश्चत विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष सिकाईमा टेवा पुग्नुका साथै समाज परिवर्तन हुने कुरा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष रोशन राईले बताए ।

उक्त कार्यक्रममा साब्लाबुङ पुस्तकालय अभियानका प्रमुख तथा साहित्यकार राजकुमार राई र श्री पाथीभरा आधारभूत विद्यालायका पुर्व प्रधानाध्यापक तथा साहित्यकार स्रस्टा मानदेव प्यासीलाई विद्यालयको तर्फबाट सम्मानपत्रद्वारा सम्मानित गरेको विद्यालयका प्रधानाध्यापक भुवनसिङ राईले बताए । विद्यालयमा पुस्तकालय स्थापना गरिदिनु भएकोमा साब्लाबुङ परिवारलाई शिक्षक अभिभावक संघ संयोजक कालुमान राईले धन्यवाद प्रकट गरेका थिए ।

साब्लाबुङ पुस्तकालय अभियान अन्तर्गत राजकुमार राईले देशभर पुस्तकालय अभियान संचालन गरिरहेका छन् । आममानिसहरुलाई पुस्तक प्रति अभिरुचि बढाउने उद्धेश्यले पुस्तकालय अभियान देशभर चलाएको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार