मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सिलीचोङ :
सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

Sankhuwasabhapress 612+ समाचार ( )
१९ जेठ २०८३, सोमबार
  • खेवाहाङ मेवाहाङ/ ताम्कु

संखुवासभाको सिलीचोङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकास्तरीय उत्कृष्ट विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आधारभूत तह ९कक्षा–८० उत्तीर्ण उत्कृष्ट छात्र–छात्रा, विषयगत उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट छात्रतर्फ सगरमाथा माध्यमिक विद्यालयका आयुस कुलुङ तथा छात्रातर्फ रिदम कुलुङ सम्मानित भएका छन् । त्यसैगरी विषयगत उत्कृष्ट शिक्षकतर्फ नेपाली विषयका रामकुमार राई, अङ्ग्रेजी विषयकी मित्रा कुमारी राई, स्वास्थ्य तथा शारीरिक शिक्षाकी सुझना राई, गणित विषयका विजयकुमार दास, तथा विज्ञान र कम्प्युटर विषयका कला बस्नेत सम्मानित भएका छन्। सामाजिक मूल्य र मान्यता विषयतर्फ देवराज राई सम्मानित भएका छन् भने बाला माध्यमिक विद्यालय, बाला उत्कृष्ट विद्यालय घोषित भएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल राज मेवाहाङ ले शिक्षकहरू राष्ट्र निर्माणका आधार स्तम्भ भएको उल्लेख गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताए । उनले यस्ता सम्मान कार्यक्रमले शिक्षक तथा विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देविता कुलुङ, वडा अध्यक्षहरू देवेन्द्र वान्तावा, मोहन सम्सेर कुलुङ, अनिस कुलुङ, प्रमुख प्रशासकीय अधिकृत प्रविण राई लगायत जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

विद्यालय शिक्षाको गुणस्तर सुधार र शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको शिक्षा अधिकृत सातौं रमेश कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार