मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

प्रहरी :
समुदाय र प्रहरीको साझेदारीले मात्रै अपराध नियन्त्रण गर्न सकिने भनाइ

Sankhuwasabhapress 607+ समाचार ( )
२६ पौष २०८०, बिहीबार
  • मोहनकुमार राई

संखुवासभा (चैनपुर) । जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा चैनपुरमा समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

आज विहिबार समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । अपराध रोकथाम, नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने नेपाल प्रहरी संठनको लक्ष्य रहेको हुँदा लक्ष्यमा पुग्न सबै सरोकारवाल पक्ष एवं स्थानीय व्यक्तित्वहरुको  सहयोगको आवश्यक रहेको हुँदा सबैसँग सहकार्य गरेमा लक्ष्यमा पुगिने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आग्रह गरे । 

कार्यक्रममा अर्धवार्षिक र त्रैमासिक रुपमा भएका प्रहरी गतिविधि एवं प्रहरी समुदाय साझेदारी कार्यक्रमहरुको विवरण जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले प्रस्तुत गरेका थिए । उनको अनुसार, समाजमा शान्ति सुरक्षा कायम गर्न मोवाइल गस्ती सवारी गस्ती, चेकिङ लगायत ग्रामिण गस्ती पहरीले गरिरहेको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा  आगलागीबाट १९ वटा, पहिरोबाट १०, हावाहुरीबाट २, चट्याङबाट ७ वटा, करेन्ट, जंगली जनवारको आक्रमणवाट ३ वटा र सर्पदंशबाट १२ वटा घटना भएका छन् ।  

कार्यक्रममा नागरिकको गुनासो, सुझाव एवंं अनुरोधको सुनुवाई समेत भएको थियो । विद्यालय समयमा सवारी अवगमन व्यवस्थापन, बजार क्षेत्रमा भएको व्यवस्थापन, विद्यालयका वालबालिकालाई प्रहरी सेवा सम्बन्धी जानकारी, सहरी दुर्घटना न्युनिकरण, महिला हिरासतमा महिला तथा वालवालिका सेवा केन्द्र छुट्टै व्यवस्था हुनुपर्ने, समाजको टोल सम्म जनतासँग प्रहरी कार्यक्रमहरु पुग्नु पर्ने लगायतको क्षेत्रमा नागरिक सुनुवाई भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखसभाका प्रमुख प्रनाउ घनश्याम श्रेष्ठ, जिल्ला समन्वय समिति संंखुवासभाका प्रमुख सुमन शाक्य, जिल्ला समन्वय समितिका उपप्रमुख वविता खत्री, चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्णकुमार तामाङ, नगर उप्रमुख एलिना श्रेष्ठ, जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाका प्रमुख सन्तोषप्रसाद भण्डारी, जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं नयाँ भैरवी दल गुल्म खाँदवारी व्यारेकका सेनानी सन्तोष चन्द लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानध्यापक, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार