मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

तरुण दल संखुवासभाले मनायो गोपालराज पहाडीको ११ औं स्मृति दिवस
‘कांग्रेसले आफुलाई सच्याउर्दै अघि बढनुपर्छ—केन्द्रीय सदस्य काफले ’

Sankhuwasabhapress 607+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

संखृवासभा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमति प्रदेशसभा सदस्य कुन्दनराज काफलेले कांग्रेसले आफुलाई सच्याउर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल तरुण दल संखुवासभाले खाँदबारीमा आयोजना गरेको कांग्रेस नेता गोपालराज पहाडीको ११ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता काफ्लेले यस्तो बताएका हुन् । उनले कांग्रेसकै योगदानका कारण मुलुकले समृद्धि तर्फ अघि बढेको बताउर्दै हामीले यति ग¥यौं भनेर बस्ने अवस्था नरहेकाले अझै आफुलाई सच्याउर्दै अघि बढनुपर्ने बताएका हुन् । ‘हामीले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्यको प्रबन्ध र विद्युत्तीकरण, सडक पूर्वाधार विस्तार गरेका हौं, अहिले कांग्रेसले केही गरेर भनेर कसैले भन्छ भने त्यो मान्य हुदैंन तर हामीले यति ग¥यो भनेर बस्ने अवस्था छैन् । अझै आफुलाई सच्याएर जनजिविकाका मुद्धा उठाउन सक्नुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ ।’—काफलेले भने—‘अहिलेका युवा शक्ति एकजुट भएर विकृति विसंगतिका विरुद्धमा लडनुपर्छ । युवाहरुको जोश जाँगर हरायो र विकृतिको विरुदमा प्रश्न उठाउन छोडे भने सबै निदाउनेछन् त्यसैले युवाहरु तातिनुपर्छ । युवा जोश देखाउनैपर्छ ।’

अहिलेको प्राप्त उपलब्धिलाई तुहाउन संघीयता विरोधी शक्तिहरु लागिपरेको आरोप लगाउर्दै कांग्रेसजनहरु सचेत रहन र त्यसको प्रतिवाद गर्न तयारी अवस्थामा रहनुपर्नेमा काफ्लेले आग्रह गरे । उनले गोपालराज पहाडी एउटा कांग्रेसको इतिहास बोकेको निडर नेता भएको उल्लेख गर्दै पहाडी प्रति श्रद्धासुमन ब्यक्त गर्दै आफुलाई सधैं पहाडीले ‘कान्छा’ भनेर मायाँले बोलाउने गरेको समेत स्मरण गरे । 

नेपाली कांग्रेस संखुवासभाको संस्थापक सभापति समेत रहेका पहाडीको ११ औं स्मृति दिवस खाँदबारीमा भब्यताको साथ मनाइएको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेस संखुवासभाका संस्थापक सभापति, नेपाली कांग्रेसका पूर्वकेन्द्रिय सदस्य स्वर्गीय पहाडीको सम्झनामा स्मृति दिवश कार्यक्रम मनाइएको हो । खाँदबारी स्थित विपी स्मृति भवनमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरु अन्नतकुमार गौली, शेरबहादुर बन, निरु बस्नेत तामाङ, उषा कार्की, अनुज चापागाई लगायतका नेताहरुले स्वर्गीय पहाडीको बारेमा चर्चा परिचर्चा गरेका थिए । 

नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले स्वर्गीय पहाडी निडर नेता भएको बताए । उनले श्रद्धासुमन ब्यक्त गर्दै पहाडीले देखाएको बाटोमा कांग्रेसहरु एक भएर लाग्नुपर्ने धारणा राखे । उनले स्वर्गीय पहाडीको त्याग र समर्पण नेपाली कांग्रेसले कहिल्यै भुल्न नहुने बताउँदै संघीयता र लोकतन्त्रको विकल्प नभएको बताए । 

नेपाल तरुण दलका जिल्ला अध्यक्ष टकमान घलेको अध्यक्षतामा आयोजित कार्यक्रम तरुण दलका सदस्य दिब्यराज श्रेष्ठले संचालन गरेका थिए । गोपालराज पहाडीको जन्म २००२ सालमा मादीराम्बेनी–१ (हाल मादी नगरपालिका)मा भएको थियो भने ०७० साल भदौ ३ गते स्वर्गारोहण भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार