मुख्य समाचार
जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार |

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम :
जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी

Sankhuwasabhapress 608+ समाचार ( )
२२ असार २०८३, आइतबार

संखुवासभा । लामो समयदेखि जीर्ण रहेको कुलो मर्मत भई संचालनमा आएपछि संखुवासभाको खाँदबारी नगरपालिका–४ का कृषकहरु खुशी भएका छन् ।

जिल्लाको खाँदबारी नगरपालिका–४ मानेभञ्याङ्ग चिसोपानी नजिकै बाक्चेखोला मुहानको सिंचाई कुलो मर्मत भएपछि स्थानीयहरु खुशी भएका हुन् । यसअघि कुलो बिग्रिएर खेतमा पानी पुर्‍याउन समस्या हुँदा खेतीपाती प्रभावित हुँदै आएको थियो । कुलो मर्मतपछि अहिले खेतबारीमा सहज रूपमा पानी पुगेको छ, जसका कारण धान रोपाइँ तीव्र गतिमा अघि बढेको स्थानीय कृषकहरूको भनाइ छ ।

बाक्चेखोला देखि मोहने खेत हुदैं खाँदबारी नगरपालिका–३ गुवाबारी मरुवा सम्म आउने सिंचाई कुलो करिब बिग्रिएको ठाउँ–ठाउँमा करिब ५० मिटर मर्मतसंम्भार गरिएको हो । उक्त कुलो प्रयोग गरि सो क्षेत्रका करिब ७ सय रोपनी क्षेत्रफलमा खेती रोपाईका साथै हिउँदे बालीनाली सिंचाई गर्दै आएका थिए । तर, बर्षौ अगाडी देखि कुलो भत्किएर, ठाउँ–ठाउँमा छिद्रा र प्वाल परेर मुहानबाट कुलो पानी हालेपनि बिचैमा हराउने समस्याका कारण स्थानीयहरु सास्ती खेप्र्दै आएका थिए । 

खाँदबारी नगरपालिका–४ का स्थानीय कृषक मनोज राई र त्यसैगरि अर्का स्थानीय सजित राईले बाक्चेखोला कुलोको नाम मात्रै रहेको बेला कार्यालयको सहयोगले कुलो पुनर्निर्माण पछि कृषकहरुलाई राहत मिलेको बताए । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन इकाई संखुवासभाका कार्यालय प्रमुख नवराज गुरुङले चालु आर्थिक बर्ष २०८२/०८३ मा सिंचाई पूर्वाधार निर्माण तथा मर्मत संम्भार कार्यक्रम अन्तर्गत बाक्चेखोलामा रहेको पुरानो कुलोलाई मर्मतसंम्भार  गरि संचालनमा आएको बताए । सो कुलो मर्मत संम्भार गर्न कुल ६ लाख ५० हजार रुपैया लागत सहयोग योजना सम्पन्न भएको बताउर्दै कार्यालयको तर्फबाट ५ लाख ५० लाख रुपैया र बाँकी स्थानीयको जनश्रमदानबाट सम्पन्न भएको बताए।

बर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ कुलो मर्मत सम्पन्न भएपछि प्रत्यक्ष रुपमा ७० घरधुरी संख्या लाभान्वित भएका छन् भने ७ सय रोपनी क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यन्वयन इकाई संखुवासभा, स्थानीय उपभोक्ता समिति र स्थानीयवासीको श्रमदानबाट कुलो मर्मत गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार