नेपाली कांग्रेस :
१५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस

Sankhuwasabhapress 622+ समाचार ( )
३० भाद्र २०८३, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले १५ औ महाधिवेशनको तयारी सम्बन्धमा ब्यापक छलफल तथा अन्तरक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।

आज मंगलबार पार्टी कार्यालयमा खाँदबारीमा कार्यबाहक सभापति अनन्तकुमार गौलीको अध्यक्षता तथा केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्बसाँसद टंकप्रसाद राई, कोशी प्रदेश सदस्य राजेन्द्र घले, अग्रज नेताहरु बंशीराज रेग्मी, नेपाल महिला संघका सभापति निरु तामाङ बस्नेत, खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, पाँचखपन नगरपालिकाका मेयर बिपीन राई, महासमिति सदस्य उमेश चौहान र धर्मदेबी नगरपालिकाका पूर्बमेयर रमेश जिमी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले आगामी असोज ३ गते हुने नेपाली कांग्रेसको वडा अधिबेशन उल्लाशमय र भब्य रुपले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

पूर्बमहासमिति सदस्य शेरबहादुर बनले असोज ३ गतेको महाधिवेशन तालिका नै रुख र चार तारे झण्डा बाहक नेपाली कांग्रेसको असली महाधिवेशन भएकाले कुनै अलमलमा नपरि निर्धक्कका साथ महाधिवेसनमा सहभागी हुन सबै कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पुर्बमहासमिति सदस्य ज्ञानबहादुर कार्कीले कांग्रेसको रफ्तार अब रोकिने अवस्थामा नरहेकाले गगन थापाको बिशेष महाधिवेशन पक्षधर चारतारा र रुख चिन्ह सहितको काँग्रेसलाई अदालत र निर्वाचन आयोगले समेत स्वीकार गरिसकेकाले अब कुनै भ्रममा नपरि महाधिवेशनमा कांग्रेस अघि बढेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले सुधारिएको कांग्रेसले मात्र जनभावना अनुसार देसको नेतृत्व गर्नसक्ने बताउँदै नेतृत्वमा पुग्न निति र सिद्धान्त बिर्सिएर जुनसुकै शक्तिको शरणमा पुग्ने प्रवृत्तिको अन्त भएको धारणा राखेका थिए । आफ्ना गुटगत स्वार्थ पुरा गर्न बिपक्षी शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार भएका स्वार्थी नेतृत्वकै कारण कांग्रेस प्रति जनतामा निराशा बढेको नेता श्रेष्ठको भनाइ थियो ।

अब कांग्रेस कुनै दुबिधा, डर त्राश, कसैको आश र प्रलोभनमा नअल्झि स्वविवेकले अघि बढ्छ, श्रेष्ठले भने । उनले असोज ३ देखि वडा वडाबाट शुरु हुने महाधिवेशनको प्रकृयामा सकृयतापुर्वक सहभागी हुन सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसका जिल्ला सचिब टकमान घलेले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति तथा कार्यबाहक जिल्ला सभापति अनन्त कुमार गौलीले पुस्तान्तरण जरुरी भएपनि पार्टिमा योगदान गरेका सबैलाई समेटेर कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने सुझाब प्रस्तुत गरेका थिए । उनले यो वा त्यो बहानामा महाधिवेसन रोक्नु भन्दा यहि असोज ३ गतेदेखि तोकिएको महाधिवेशनको प्रकृयालाई अघि बढाउँदै दरिलो र बलियो कांग्रेस निर्माणमा जुट्न सबै समक्ष आग्रह गरेका थिए ।

इतर पक्षका संखुवासभा सहसंयोजक चौहान फर्किए संस्थापनमा

सभापति गगन थापा नेतृत्वले महाधिबेशन गर्ने तयारीमा जुटीरहेको बेला इतर पक्षले समेत महाधिबेशनको मिति तय गरेर अघि बढिरहेको छ भने विभिन्न ब्यक्तिहरु विभिन्न पदमा समेत जिम्मेवारी सहित नियुक्ति दिईरहेको छ । 

इतर पक्षका संखुवासभा सहसंयोजक उमेश चौहान सस्थापनले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको १५ औं महाधिबेशन तयारी, छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागी बनेका छन् । नेपाली कांग्रेस पूर्व क्षेत्रिय सभापति र हाल महासमिति सदस्य रहेका चौहान इतर छोडेर संस्थापन पक्षमा आएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार