खाँदबारी –४ सेकाहा :
अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग

Sankhuwasabhapress 619+ समाचार ( )
२७ भाद्र २०८३, आइतबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहा भ्याङखोलाका स्थानीय अग्नीपिडीत बसन गुरुङलाई संखुवासभा समाज युएईले नगद सहयोग गरेको छ । 

शनिबार संखुवासभा समाज युएईका प्रतिनिधी सनम गुरुङ लगायतका टोलीले घरैमा पुगेर नगद ८९ हजार १ सय ७५ रुपैया हस्तान्तरण गरेको हो । लामो समय वैदेशिक रोजगार युएईमा नै बसेर फर्किएका बसन गुरुङलाई घर आगोलागि भएपछि समाजको तर्फबाट सहयोग गरेको सनम गुरुङले बताए । उनले संखुवासभा समाज युएईले यसअघि पनि विभिन्न दुःख र विपत्तिको समयमा सहयोग गर्दै आएको र अहिले बसनलाई सहयोग गरेको बताए ।

संखुवासभा समाज युएई संखुवासभा जन्मथलो भई कर्मथलोको रुपमा युएईमा बस्र्दै आएका प्रवासीहरुको सामाजिक संस्था हो । 

गत साउन २२ गते शुक्रबार राति बसनको घरमा विद्युत्त सर्ट भई आगोलागि भएको हो । आगोलागिबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । 

Vedio link :   https://www.facebook.com/share/v/1FPqAZzT9r/

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार