मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

#सुमित्रा रेग्मी
राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृह जिल्ला संखुवासभामा सम्मानित

Sankhuwasabhapress 618+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

संखुवासभा । महिला राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृह जिल्ला संखुवासभामा सम्मानित भएकी छन् ।

बुधबार गृह जिल्ला संखुवासभाको चैनपुरमा भलिबल खेलाडी रेग्मीलाई चैनपुर नगरपालिकाले नगदसहित सम्मान गरेको हो । चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङले आफ्नो नगरभित्रका महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मीको हौसला बढाउन सम्मान गरिएको बताए । भलिबल खेलाडी रेग्मीलाई सम्मान सहित नगद ६५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको थियो भने पञ्चेबाजा सहित नगर समेत परिक्रममा गराइएको थियो । 

नेपाली महिला भलिबल टोलीमा सहभागी भई संखुवासभा र चैनपुर नगरपालिकामात्र नभइ राष्ट्रको गौरव बढाएको भन्दै सम्मान स्वरुप रेग्मीलाई पुरस्कार र सम्मान प्रदान गरिएको नगर प्रमुख तामाङको भनाइ छ । 

राष्ट्रिय भलिवल खेलाडी रेग्मीलाई चैनपुर स्थित युवा क्लव र आदिबासी जनजाति महासंघ चैनपुर नगरकार्यसमितिले समेत सम्मान गरेको थियो । उनले खेल क्षेत्रमा देखाएको प्रदर्शनको उच्च मल्याङ्कन गर्दै सम्मानित गरेको उनीहरुको भनाइ छ ।

सम्मानित हुने भलिवल खेलाडी रेग्मी चैनपुर नगरपालिका–९ त्रिसुले निवासी हुन् । रेग्मी भलिबल खेल्नका लागि विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् । राष्ट्रिय भलिबल खेलाडी रेग्मी केही समयअघि काठमाडौँमा भएको काभा भलिबल लिगमा पनि नेपाली टोलीबाट सहभागी भएकी थिइन् । उनले त्यहाँ उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार