पाँचौ जिल्ला अधिबेशन :
नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ

Sankhuwasabhapress 620+ समाचार ( )
२७ भाद्र २०८३, आइतबार

संखुवासभा । नेपाल प्रेस युनियन संखुवासभाको पाँचौ जिल्ला अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा नवीन गुरुङ चयन भएका छन् ।

शनिबार संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित पाँचौ जिल्ला अधिबेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गामणि पौडेल (दुर्गेश) र नविनकला जैरु, सचिव सुरेन शाक्य, कोषाध्यक्ष नेत्रविनोद काफले र सहसचिव खेवाहाङ मेवाहाङ चयन भएको निर्वाचन समितिका संयोजक इन्द्र गिरीले जानकारी दिए । उनका अनुसार, जिल्ला कार्यसमितिका सदस्यहरु राजमान राई, होमबहादुर राई (साजन), सरोज कटुवाल, उपेन्द्र शाक्य, विमला गुरुङ, चन्द्रज्योती शाक्य र सविता कार्की रहेका छन् ।

त्यसैगरि केन्द्रीय पार्सद तथा महाधिबेशन प्रतिनिधीहरु पदमबहादुर अधिकारी, इन्द्रकुमार गिरी, सुजन बज्राचार्य, मेघराज तामाङ, कविता कोइराला र हेमकला जैरु रहेका छन । त्यसैगरि कोशी प्रदेश पार्सद तथा प्रतिनिधीहरु दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, मोहनकुमार राई, माधव सुवेदी, ध्यान कुलुङ, प्रजिना शाक्य र अंकिता घिमिरे चयन भएका छन् । 


शनिबार एक कार्यक्रम पाँच वटा मैनबत्ती बालेर नेपाली कांग्रेस संखुवासभाका कार्यवहाक सभापति अन्नतकुमार गौलीले उद्घाटन गरेका थिए । उनले हिजो पञ्चायती ब्यबस्था फाल्न र आजको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न प्रेस युनियनले महत्वपूर्ण योगदान पुर्‍याएको बताउर्दै अझैपनि सरकारको खबरदारी गर्ने जिम्मेवारी पत्रकारहरुको हातमा रहेको बताए । उनले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले सधैं निगरानी र चासो राखेर समाजलाई झकझकाई राख्नुपर्नेमा जोड दिए । 

त्यसैगरि कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य राजेन्द्र घलेले पाँचौ अधिबेशनको सफलताको शुभकामना दिदैं पत्रकारले निपष्क्ष रुपमा काम गर्नुपर्ने सुझाव दिए । 

केन्द्रीय प्रतिनिधी तथा प्रेस युनियन कोशी प्रदेश सदस्य ज्ञानेन्द्र निरौलाले पत्रकारिता समय अनुकुल परिवर्तन हुदैं गएको बताए । उनले हिजो नेताको भाषणलाई प्रमुख समाचार मानिन्थ्यो तर आज सुशासन र भष्ट्राचार न्यूनीकरण लगायतका बिषयलाई प्रमुखता पाईरहेको स्मरण गर्दै समय अनुसार परिवर्तन हुदैं जाने भएकाले पत्रकार अपडेट भईरहनु पर्ने बताए । 

अहिले सामाजिक संजालबाट सुचना पाईरहेको भएपनि त्यो पूर्ण र आधिकारिक नहुने भएकाले पत्रकारले दिएको तथ्य र पूर्ण सूचना मात्रै मानिसहरुले ग्रहण गर्ने निरौलाको भनाइ थियो । 

कार्यक्रममा प्रेस युनियनका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियनका पूर्वअध्यक्ष श्यामप्रसाद निरौला, प्रेस चौतारीका अध्यक्ष जनक चापागाई, प्रेस सेन्टरका अध्यक्ष अनिश बिष्ट, प्रेस युनियन कोशी प्रदेशका कोषाध्यक्ष कविराज घिमिरे, आदिबासी जनजाति लोकतान्त्रिक महासंघका अध्यक्ष बरुणकुमार गुरुङ र कांग्रेस नेता शेरबहादुर बन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रेस युनियनका पूर्वअध्यक्षहरु पदमबहादुर अधिकारी, श्यामप्रसाद निरौला र कृष्णराज शाक्यलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो । 

नवनिर्वाचीत अध्यक्ष नवीन गुरुङले पत्रकारको हकहित गर्न संगठनलाई ब्यबस्थित र चलायमान बनाउन काम गर्ने बताए । उनले तत्कालै ३ बुदें प्रतिबद्धता ब्यक्त गर्दै संगठन चलायमान बनाउने, आर्थिक पारदर्शिता राख्न बैंक खाता संचालन र आधारभूत पत्रकारिता तालिम संचालन गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव ध्यान कुलुङले संचालन गरेका थिए भने उपाध्याक्ष नवीन गुरुङले स्वागत मन्तब्य राखेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार