मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

नेपाली कांग्रेस :
विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए

Sankhuwasabhapress 607+ समाचार ( )
२१ पौष २०८२, सोमबार

संखुवासभा । नेपाली कांग्रेस संखुवासभाका ८ वटा भाृतसंगठनले विशेष महाधिबेसनको माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको छ ।

१६ पुसमा संखुवासभाका नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ, लोकतन्त्रवादी  आदिबासी जनजाति महासंघ, किसान संघ, सांस्कृतिक संघ र भूतपूर्व सैनिक संघ गरि ८ वटा भातृसंगठनले ऐक्यबद्धता जनाउर्दै यो विषम परिस्थितीमा नेपाली कांग्रेस पार्टीलाई मजबुद बनाउन समय अनुसार चल्नु पर्ने माग सहित निर्वाचन अघि नै १५ औं महाधिबेन गर्न ध्यानाकषर्ण पत्र पठाएको हो ।  

नेपाली कांग्रेसको ४८ दिन बसेको बैठकले १५ औं महाधिबेसनको सर्बसम्मत कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा महाधिबेसन गर्न उदासिनता देखाएको छ । अब नियमित महाधिबेसनको संम्भावना नभएकाले नेपाली कांग्रेसको विधानको धारा (१७) बमोजिम ५४ प्रतिशत भन्दा बढि महाधिबेसन प्रतिनिधीहरुले हस्ताक्षार गरि यहि पौष २८ गते भित्र विशेष महाधिबेसनको आह्वान गरि वर्तमान अवस्थामा कांग्रेस भित्र देखिएको अन्यौलको निकास दिन केन्द्रीय कार्यबहाक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई ध्यानाकर्षण पत्र पठाएको नेपाली कांग्रेस संखुवासभाका जिल्ला सचिव टकमान घलेले बताए । 

नेपाल महिला संघका जिल्ला सभापति निर्मला तामाङ बस्नेत, तरुण दलका जिल्ला सभापति टकमान घले, नेपाल विद्यार्थी संघका जिल्ला सभापति चिरन्जिवी श्रेष्ठ, दलित संघका जिल्ला सभापति चक्र बिसुन्के, लोकतन्त्रवादी  आदिबासी जनजाति महासंघका जिल्ला सभापति बरुणकुमार गुरुङ, किसान संघका जिल्ला सभापति सन्तोष बस्नेत, सांस्कृतिक संघका जिल्ला सभापति राजमान राई र भूतपूर्व सैनिक संघका जिल्ला सभापति निम्छिरी शेर्पाले हस्ताक्षार गरि केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पठाएको हो ।

लामो समयदेखि नेपाली कांग्रेसमा महाधिबेसनको किचलो भइरहेको छ । महामन्त्रीद्धयले निर्वाचन अघि नै नियमित महाधिबेसन गर्ने र यदि त्यसो संम्भावना नरहे विशेष महाधिबेसन गरेर मात्रै निर्वाचनमा भाग लिनुपर्ने धारणा राख्र्दै आएको छ । यता केन्द्रीय सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस पदाधिकारीहरु निर्वाचन पछि मात्रै १५ औं महाधिबेसन गर्नुपर्ने धारणा राख्र्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार