मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

गायक अपन श्रेष्ठ :
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’

Sankhuwasabhapress 607+ समाचार ( )
९ माघ २०८२, शुक्रबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभा खाँदबारीका स्थापित गायक अपन श्रेष्ठले नयाँ गीत ‘के सारो सुरो मान्छे’ ल्याएका छन् । 

आज (शुक्रबार) दिउँसो ३ बजे आफनै युटयुब च्यानेल अपन श्रेष्ठ मार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गायक श्रेष्ठको यो ३३ औं गीत रिलिज भएको हो । यसअघि उनले ३२ वटा गीतहरु दर्शक स्रोताहरुलाई पस्किसकेका छन् ।

गायक श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘के सारो सुरो मान्छे’ बोलको गीत सन्जय बरालले लेखेका हुन् भने संगीत विकास चौधरीले भरेका छन् । एरेन्ज महाराज थापा, मिस्किङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् भने गीत ए लेभल म्यूजिक स्टुडियोमा रेकर्ड गरेका हुन् । उक्त गीतमा गायक श्रेष्ठ र सविना लो तामाङलाई कास्ट गरिएको छ । म्युजिक भिडियोको निर्देशन भने प्रेम लामाले गरेका हुन् । उक्त म्यूजिक भिडियो काठमाडौं आसपास र तारे भीरमा छायाङकन गरिएको हो । 

सानै देखि गीत संगीतमा रुचि राख्ने श्रेष्ठ डेढ दशक देखि सक्रिय रुपमा गीत संगीतमा नै आवद्ध छन् । मेला महोत्सव र कन्सर्टमा निकै ब्यस्त गायक श्रेष्ठको ‘पिलेनमा तुम्लिङ झरेर’, ‘सिङ्की मिठो’, ‘ए अस्मिता’ र ‘घर त खाँदबारी...’ लगायतका गीतहरु चर्चित छन् ।  

गीत संगीतमा के गरौं भनेर निरन्तर रुपमा लागि रहेको गायक श्रेष्ठको भनाइ छ । भविष्यमा अझै राम्रा र कालजयी गीत संगीतहरु दर्शक स्रोताहरुलाई दिने योजना रहेको उनी बताउँछन् ।

गीतको युटयुव लिंक : https://www.youtube.com/watch?v=X914n9-KEgs

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार