मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

चैनपुर नगरपालिका–११ केराबारी
दुम्सीलाई गोली हान्दा मान्छेलाई लागेपछि......(भिडियो सहित)

Sankhuwasabhapress 607+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । 

चैनपुर–११ केराबारीकी ४५ बर्षीय मेनुका खतिवडा घाइते भएकी जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनका अनुसार, गत असार ४ गते राति १२ः०५ बजेको समयमा घर नजिकै रहेको मकै बारीको टहरामा सुतिरहेकी खतिवडा भरुवा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् ।

सोमबार खाँदबारीमा पत्रकार सम्मेलन गरेर घटनाका बारेमा सार्वजनिक गरेको हो । बन्दुक पड्काएको आरोपमा प्रहरीले चैनपुर–११ का किङरिङका ३७ वर्षीय लंक तामाङ भन्ने अनिलकुमार तामाङ र तुलसी जिमीलाई लोड भएको दुई वटा भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त घटना असार ४ गते भए पनि असार २१ गते मात्र बाहिर आएको हो । घाइते महिलाको थप उपचारका लागि काठमाडौँ लगेपछि मात्र बाहिर आएको हो । प्रहरीले उनीहरूको साथबाट असार २२ गते एक थान बरुवा बन्दुक र ४ सय ३२ ग्राम बारुद समेत बरामद गरेको छ ।

दुम्सीलाई हानेको बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् । बारीको टहरामा मकै रुँघेर सुतिरहेकी खतिवडाको ढाडको दाहिने पट्टि भरुवा बन्दुकको छर्राले लागेको छ । घाइते खतिवडाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छर्रा महिलासँगै कुकुरलाई समेत लागेको थियो । 

पक्राउ परेका तामाङ र जिमीलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

भिडियो लिंक......

https://www.youtube.com/watch?v=ZZ0_AP5C_C4&t=62s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार