मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

कोशी प्रदेश
मुख्यमन्त्री कार्कीले लिए शपथ‚ ३ जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त

Sankhuwasabhapress 607+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। उनले आजै पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २४ मा दोश्रो प्रदेशसभाको पहिलो सरकारको नेतृत्व गर्न मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउन सफल भएनन्। प्रदेशसभाबाट विश्वासको मत पाउन असफल उनी असार १५ मा पदमुक्त बनेका थिए।

अहिले सर्वोच्चले उद्धव थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्की दोश्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन्। शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ पनि दिलाएका छन्। मुख्यमन्त्री कार्कीले ३ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन्। तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधारमन्त्री नियुक्त भएका छन्। यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्। उनीहरूले पनि शपथ लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार