मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी –१
हिमालय माविमा २०६० सालका पूर्वविद्यार्थीले गरे पौने ४ लाखको सहयोग

Sankhuwasabhapress 598+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाममा रहेको हिमालय माध्यमिक विद्यालय खाँदबारीलाई २०६० सालका पूर्वविद्यार्थीहरुले पौने चार लाख रुपैया बराबरको बाजागाजा सहयोग गरेका छन् ।

विद्यालयमा संगित कक्षा सञ्चालनका लागि बजागाजा खरिद गरि हस्तान्तरण गरेको हो । बिहिबार एक कार्यक्रम बीच २०६० सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक बीरबहादुर राईलाई संगित कक्षा स्थापनार्थ दुई लाख ७५ हजारको बाजागाजा सहयोग गरेको पूर्वविद्यार्थी नवराज कार्कीले बताए । उनको अनुसार, दुई लाख ७५ हजारको बाजागाजा, १ लाख १ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरि कुल पौन चार लाख रुपैयाको विद्यालयलाई सहयोग गरेको हो । 

कोषको वार्षिक ब्याजको रकमबाट गीतसंगीतको विधामा अब्बल विद्यार्थीहरु छनोट गरी प्रोत्साहन गरिने कार्कीले बताए ।

संगित कक्षाको व्यवस्थापन गरी परम्परागत पञ्चेबाजाहरु नरसिङ्गा, सहनाई, दमाहा, झ्याम्टा, ट्याम्को, सारङ्गी, बांसुरी, मादल, तबला, हार्मोनियम, किबोर्ड (पियानो), गितार, ड्रमसेट सहितका सांगीतिक सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको हुन् । २०६० सालका पूर्वविद्यार्थीले करिब तीन लाख ७८ हजार रुपैयाँ सहयोग रकम संकलन गरेका थिए । अझै सो रकम संकलन भइरहेकाले थप संकलित रकमबाट थप बाजागाजाहरु थप्दै जाने २०६० सालमा एसएलसी दिएका पुर्वविद्यार्थीहरुले लक्ष राखेका छन् । 

अरुण उपत्यकाभित्रका विद्यार्थी तथा अभिभावकहरुको पहिलो रोजाइमा रहीआएको पाठशाला हिमालय माध्यमिक विद्यालय हो । २००६ सालमा स्थापना भएको सो विद्यालय जिल्ला सदरमुकाममा भएकाले सबैको मुटु विद्यालयको रुपमा गनिर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार