मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

प्रधानमन्त्री पुष्पकमल दाहाल
अरुण तेस्रोको ब्रेक थ्रु गर्न प्रधानमन्त्री दाहाल संखुवासभा आउने

Sankhuwasabhapress 618+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

संखुवासभा ।  संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल संखुवासभा आउने भएका छन् ।

भोली अर्थात २२ जेठ मंगलबार प्रधानमन्त्री दाहालले अरुण तेस्रोको ब्रेक थ्रु गर्न संखुवासभा आउने कार्यक्रम तय भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले बताए । भोली विहान १० बजे प्रधानमन्त्री दाहालले हेलिकप्टरबाट अरुण तेस्रोको बाँधस्थल फयाक्सिन्दा अडिट–२ आमराङमा पुगेर ब्रेक थ्रु गर्ने र हेलिकप्टरबाट नै फर्किएर दिदिङ पुखुवामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रजिअ खड्काले बताए । 

बहुचर्चित अरुण तेस्रो जलविद्युत्त आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको अडिट–२ आमराङ देखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिने भएको हो । फयाक्सिन्दा देखि देखि पुखुवा निस्कने मुख्य सुरुङको लम्बाई ११.८३७ किमि रहेको छ । 

अरुण तेस्रो जलविद्युत्त् आयोजनाको निर्माणको काम भारतीय सतलज कम्पनी (एसजेवीएन)ले गरिरहेको छ । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ । आयोजना बनाउन एक खर्ब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ । सन् २०२५ भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार