मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

‘परेश राई जिताऔं अभियान’
संखुवासभा कम्यूनिटी अफ यूएसएद्धारा परेश राईलाई ४२ हजार सहयोग

Sankhuwasabhapress 607+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

संखुवासभा । गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा पुगेका संखुवासभाका परेश राईलाई जिताउन संखुवासभा कम्यूनिटी अफ यूएसएद्धारा ४२ हजार सहयोग गरेको छ ।

संखुवासभाको पहिचान र गौरवको रुपमा रियालिटी शो को फाइनल चरणमा पुगेका परेशलाई जिताउन देशविदेशबाट सहयोग प्राप्त भईरहेको बेला संखुवासभा कम्यूनिटी अफ यूएसईले ४२ हजार २ सय ५० रुपैया सहयोग गरेको संखुवासभा कम्यूनिटी अफ यूएसएका संखुवासभा कोडिनेटर किरणकुमार शाक्यले जानकारी दिए । उनको अनुसार, समाजले सहयोग रकम संकलन गरि परेशलाई जिताउन ८४५० भोट गरेको हो । उक्त रकम अमेरिकामा रहेका श्यामकुमार श्रेष्ठ काठमाडौ (कोलोराडो), शान्ति श्रेष्ठ काठमाडौ (कोलोराडो), जीवन जोशी चैनपुर (टेक्सास), हरिकुमार श्रेष्ठ खाँदबारी (कोलोराडो), कर्मतेञ्जिङ्ग भोटिया भोटखोला (कोलोराडो), मनोज श्रेष्ठ खाँदबारी (क्यालिफोर्निया), मकेश श्रेष्ठ धरान (वासिंगटन), ई.अनिमेष श्रेष्ठ खाँदबारी (कोलोराडो) र सन्जिप थापा पाँचखपन (क्यालिफोर्निया)ले संकलन गरि परेशलाई जिताउन सहयोग गरेको हो । 

संखुवासभा चैनपुर नगरपालिका–१० इकुम्बाका स्थानीय परेश राई गायन क्षेत्रमा अगाडी बढ्र्दै गएका छन् । उनी केहीदिन अगाडी संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर लगायतको क्षेत्रमा आएर साँगितिक कार्यक्रम सहित भोट मागेर काठमाडौं फर्किएका छन् । परेशलाई जिताउन देशविदेशका साथै संखुवासभा र आसपासका क्षेत्रमा शुभचिन्तकहरुले ‘परेश राई जिताऔं अभियान’ नै संचालन गरिरहेका छन् । परेशलाई जिताउन भदौ २ गते सम्म भोट गर्नसकिनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार