मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#मिलानो ब्याडमिन्टन क्लब
खाँदबारीको ओमशान्ति टोलको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता शुरु

Sankhuwasabhapress 607+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

संखुवासभा ।  खाँदबारी नगरपालिका–१ स्थित ओमशान्ति टोलको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा विहिबार देखि प्रतियोगिता शुरु भएको प्रतियोगिताको एक कार्यक्रम बीच संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा संखुवासभा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजिवकुमार श्रेष्ठ, प्रहरी निरिक्षकद्वय रामकुमार लामिछाने र अभिषेक श्रेष्ठ, स्थानीय बुद्धिजिवी, समाजसेवी, खेलाडी, खेल सम्बद्घ विभिन्न क्लबका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

खाँदबारी–१ स्थित ओमशान्ति टोल विकास संस्थाका मिलानो ब्याडमिन्टन क्लबको आयोजनामा शुरु भएको प्रतियोगिता भदौ १ गते समापन हुने आयोजकले जनाएको छ । ‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागीता जनाएको ओमशान्ति टोल बिकास संस्थाका अध्यक्ष मित्रकुमार गुरुङले बताए । 

प्रतियोगिता भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कभर्ड हलमा संचालन भएको छ । ओमशान्ति टोल बिकास संस्थाका अध्यक्ष मित्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मिलानो ब्याडमिन्टन क्लबका सल्लाहकार एवम् भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख हिमालय पोखरेलले संचालन गरेका थिए । भने उदघाटन समारोहमा गायक तथा कलाकार जयन्द्र शाक्यको नेतृत्वमा स्वागत नृत्य प्रस्तुत भएको थियोे भने पाहुनालाई स्वागत समाजसेवी उत्तम दाहालले गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने तेस्रो हुने २ टिमले समेत मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार