मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

संखुवासभा फोनिजले मनायो आफ्नो २४ औं स्थापना दिवश

Sankhuwasabhapress 607+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

संखुवासभा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला कार्यसमिति संखुवासभाले आफ्नो २४ औं स्थापना दिवश मनाएको छ ।

शनिबार खाँदबारीस्थित पत्रकार महासंघको सभाहलमा २४ औं स्थापना दिवशको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । फोनिजका जिल्ला अध्यक्ष नवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघ जिल्ला सचिव युवराज याम्फू प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी याम्फुले यो मुलुकको आदिबासी जनजातिहरु भूमिपुत्र भएकाले आदिबासीको मुद्धामा पत्रकारहरुले खुलेर कलम चलाउनुपर्ने बताए । उनले कोशी प्रदेशको नामाकरणको बारेमा धेरै खुल्दुली र नामको विषयमा विवाद रहेकाले फोनिजकर्मीहरुले त्यसको बारेमा स्पष्ट ढंगले कलम चलाउनुपर्ने बताए । 

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष कृष्णराज शाक्यले संखुवासभामा आदिबासी जनजाति पत्रकारहरुको नै बाहुल्यता रहेको बताउर्दै आदिबासीको मुद्धामा पत्रकारहरु सचेत रहेको बताए । त्यसैगरि प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यले आदिबासी जनजाति पत्रकारहरु सचेत ढंगले कलम चलाउर्दै आएको र आगामी दिनहरुमा समेत निरन्तरता दिइने बताए ।

त्यसैगरि प्रेस चौतारी संखुवासभाका अध्यक्ष प्रेम निरौलाले फोनिज संस्था स्वच्छ पत्रकारहरुको संस्था भएकाले आफूलाई समेत सदस्यता दिनुपर्ने माग गरे । उनले आदिबासीहरु मात्रै भनेर खस आर्यहरुलाई विभेद गर्न नहुने बताउर्दै एकैठाउँ बसेर काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

प्रेस सेन्टरका अध्यक्ष अनिष विष्टले जुनसुकै पत्रकारहरुको संस्था बनेपनि पत्रकारको हकअधिकारको लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा आग्रह गरे ।

फोनिजका अध्यक्ष नवीन गुरुङले आदिवासी जनजातिहरुको संस्था फोनिज भएकाले आफ्नो हकअधिकार र आदिबासीको मुद्धामा सचेत रहेको धारणा राखेका थिए । उनले कार्यक्रमको निमन्त्रणालाई स्वीकारे आउनु सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए । कार्यक्रम फोनिजका जिल्ला सचिव ध्यान कुलुङले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार