मुख्य समाचार
कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग | संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने |

प्रहरी :
कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट

Sankhuwasabhapress 627+ समाचार ( )
७ अशोज २०८३, बुधवार

संखुवासभा । कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट भएको छ । आर्थिक बर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय हुन सफल भएको हो ।

बुधबार सर्वोकृष्ट जिल्ला प्रहरी कार्यालयलाई सम्मान र नयाँ आर्थिक बर्ष २०८३/०८४ का लागि कार्यसम्झौता गर्न कार्यक्रम आयोजना गरिएको थियो । कोशी प्रदेश अन्तर्गतका १४ वटा जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय सर्वोकृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए । कोशी प्रदेश प्रमुखसँग भएको कार्यसम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाले लक्ष्य अनुसार अंक प्राप्त गरि सर्वोकृष्ट भएको प्रनाउ मैनालीले बताए ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेश अन्तर्गत रहेका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तर्गतका अन्य मातहत कार्यालय प्रमुखहरू बिच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम समेत सम्पन्न भएको छ ।  

नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको बार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय हुन सफल भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार