मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#फोनिज
फोनिजले ६ जना पत्रकारलाई सम्मान गर्ने

Sankhuwasabhapress 607+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो । 

फोनिज कार्यवाहक महासचिव समीर बलामीका अनुसार पुरस्कार छनोट समितिको सिफारिसअनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पा राई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ । 

सोहीअनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ (कास्की) रहनुभएको छ । सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र छ ।  

आइतबार हुने वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो । 

फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मतृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दैआएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताउनुभयो । तत्कालीन अनिज तथा हालको फोनिज २०५६ साल साउन २७ गते स्थापना भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार