मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |
मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

चैनपुर नगरपालिका :
‘कोशी प्रदेशमा पर्यटनकोे संम्भावना र चुनौती’ विषयक वतृत्वकला सम्पन्न

Sankhuwasabhapress 618+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार
  • मोहनकुमार राई

संखुवासभा । पर्यटन वर्षको पूूर्वसन्ध्यामा संखुवासभाको शारदा माध्यमिक विद्यालय पोखरीले जिल्लाव्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय ‘कोशी प्रदेशमा पर्यटनकोे संम्भाना र चुनौती’ विषयक वतृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

धार्मिक, प्राकृतिक, साँस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण कोशी प्रदेशको पर्यटनलाई आकर्षण गर्दै आन्तरिक, वाह्य तथा मौसमी पर्यटन विकासका लागि कोशी प्रदेश पर्यटन वर्षको तयारी वर्ष हुँदै गर्दा संखुवासभा जिल्लाभरका माध्यमिक विद्यालयका छात्र÷छात्राहरुको सहभागिता रहेको सो वतृत्वकला कार्यक्रम कोशी प्रदेशमा पर्यटनको सम्भावना र चुनौती विषयक वतृत्वकला कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्णकुमार तामाङले पर्यटन प्रर्वधनको माध्यमबाट देशको अर्थतन्त्रलाई उकास्न कोशी प्रदेशको संखुवासभा जिल्लालाई टेवा पुग्नेमा आशावादी रहेको बताउदै पछिल्लो पुस्ताहरुलाई समेत पर्यटन प्रर्वधनका माध्यमबाट वालवालिकाहरुलाई थप आयआर्जनको जीवन जिउन बैकल्पिक बाटो कोशी प्रदेश सरकारले ल्याएको बताए । उनले स्थानीय सरकारले समेत यसलाई अनुशरण गर्नुको विकल्प नरहेको बताउर्दै सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको समेत धारणा राखे । 

शुक्रबार सम्पन्न कार्यक्रममा चैनपुर नगरपालिकाका पूर्व नगरप्रमुख भरतकुमार खत्रीले कोशी प्रदेश सहित संखुवासभा जिल्लाभित्र प्रचुर मात्रामा आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिने संभावना रहेको बताउदै यस दिशातर्फ सरोकार पक्षहरु लाग्नु पर्नेमा जोड दिए । 

सो वतृत्वकला कार्यक्रममा सूर्य आवासीय माध्यमिक विद्यालय खाँदवारीका छात्रा सदिक्षा तामाङ प्रथम हुन सफल भएकी छिन् । यसैगरी प्रतियोगितामा द्धितिय स्थान प्राप्त गर्न नारायण मावि ओखरबोटे मादीका छात्रा नमुना दाहाल सफल भएकी छिन् । त्यसैगरी प्रतियोगितामा तृतीय स्थान ओगट्न मादी मावि मादीका छात्र अभिषेक खत्री सफल भए । 

यसैगरी सान्त्वना स्थान ओगट्न आयोजक विद्यालय शारदमा मावि पोखरीका छात्रा फूर्लमु शेर्पा सफल भएकी छिन् । विजयी छात्र/छात्राहरुलाई जनही क्रमशः प्रथम, द्धितीय,तृतीय र सान्त्वना  विद्यार्थीहरुलाई जनही १० हजार १ रुपैया, ७ हजार १ रुपैया, ५ हजार १ रुपैया, ३ हजार १ रुपैया नगद सहित प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको थियो । 

वतृत्वकला कार्यक्रममा निर्णयक मण्डलका तर्फबाट राजेन्द्र सर्वहाराले विजयी छात्र÷छात्राहरुको नाम घोषणा गर्दै विजयी छात्र/छात्राहरुलाई शैक्षिक भविष्यको उतरोउत्तर प्रगतिको कामना गरे । 

जिल्लाव्यापी रुपमा सम्पन्न भएको सो वतृत्वकला प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्ययक्ष कर्मारिञ्जे शेर्पाको सभापतित्वमा भएको थियो भने विद्यालयका शिक्षक एवं कार्यक्रम संयोजक मोहनकुमार खत्रीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रतियोगितामा १४ माध्यमिक विद्यालय सहभागी भएका थिए । चैनपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार