मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

खाँदबारी –४ सेकाहा :
मकालु बरुण बौद्ध गुम्बामा पाँच दिने विश्व शान्ति पूजा सम्पन्न : ६ लाख ७७ हजार आम्दानी

Sankhuwasabhapress 607+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहामा रहेको मकालु बरूण बौद्व गुम्बाले विश्व शान्ति कामना गर्दै विश्व शान्ति पूजा सम्पन्न गरेको छ ।

फागुन १५ गते देखि शुरु भएको पाँच दिने विश्वशान्ति पूजा २० गते सम्पन्न भएको हो । विश्वमा भईरहेको हत्या हिंसाको अन्त्य भई शान्ति छाओस् भन्ने उद्धेश्यले आयोजना गरेको पाँच दिने विश्व शान्ति पूजामा ६ लाख ७७ हजार ९११ रुपैया आम्दानी भएको मकालु बरुण बौद्ध गुम्बाका सचिव सूनील गुरुङले बताए ।

उनको अनुसार, पाँच दिने विश्व शान्ति पूजामा ६ लाख ७७ हजार ९११ रुपैया आम्दानी र ४ लाख ५३ हजार ८८१ रुपैया खर्च भई समितिको कोषमा २ लाख २४ हजार ३० रुपैया बचत भएको बताए । धर्म प्रति आस्थावान रहेका आमाबुवा तथा दाजुभाइ दिदिबैनीहरुले स्वतस्फूर्त रुपमा निकै ठूलो सहयोग गरेको सचिव गुरुङको भनाइ छ ।

‘हाम्रो चाहना, विश्व शान्तिको कामना, विश्वमा घटिरहेको हत्या, हिसां प्राकृतिक प्रकोप र आंतक विद्रोह जस्ता विभिन्न दुःखहरूको अन्त्य भई विश्वमा शान्ति फैलियोस, वर्तमान असहज परिस्थिति अन्त्य भई दिगो शान्ति स्थापना होस’ भन्ने मुलनारा सहित पूजाको आयोजना गरिएको थियो  । पूजाको औपचारिक रूपमा खाँदबारी नगरपालिकाका कार्यवहाक मेयर देवबहादुर मगरले पूजाको बत्ती बालेर उदघाटन गरेका थिए ।

उनले समाज घटिरहेका नकारात्मक कुराहरूको अन्त्य गरि सकारात्मक सोच विचार आउने गरि मानिसहरूको मानसिक धारणा परिवर्तन हुन सकोस भन्ने कामना गरिएको बताए । बुद्वको जस्तै शान्त रहने, सत्य बोल्ने र कुविचार हराउने यो पुजाबाट प्रेरणा मिलोस भनी पुजाको सफलताको शुभकामना दिएका थिए ।

मकालु बरूण बौद्व गुम्बाका अध्यक्ष तेजबहादुर गुरूङले विश्वमा भइरहेको हत्या हिसां र कुकर्महरूको अन्त्य भइ शान्ति छाओस भन्ने कामना सहित विश्व शान्तिको कामना गर्दै पूजाको आयोजना गरिएको बताए । उनले यो पुजाले गाउँघरमा शान्ति छाउने र नकारात्मक कुविचारहरू हराएर जाने उद्वेश्यका साथ आयोजना गरिएको बताए । 


उक्त पुजामा पोखराका प्रसिद्ध धर्म गुरु गोपाल लामा, विनोद लामा लगायत १६ जना लामा गुरूहरूले दैनिक रुपमा पूजापाठ र मन्त्रोचरण गरेका थिए । कार्यक्रमको समापन भने प्रमुख लामा गोपाल लामा गुरुले आर्शिवाद दिएका थिए ।

उक्त पुजामा विशेष गरि बौद्व धर्मको पवित्र ग्रन्थ प्रज्ञा, पारमिता, हुयमपति पाठ वाचन, मृत आत्माहरूको चिरशान्तिको लागि बृहत् च्योदधुर पुजा हुने गुम्बाका मकालु बरूण बौद्व गुम्बाका अध्यक्ष गुरूङले बताए । गुम्बामा दैनिक विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म पुजा पाठ भएको थियो । पुजामा प्रमुख लामा गुरुको हातबाट आर्शिवाद ग्रहण गर्न विभिन्न ठाउँहरुबाट तीर्थालु भक्तजनहरु सेकाहा पुगेका थिए । उनीहरुले दिनभर पुजापाठ गर्नुका साथै प्रचवन समेत सुनेका थिए । 

उक्त पाँच दिने पुजामा विभिन्न ब्यक्तिहरु र ४ नम्बर वडाभित्रका विभिन्न टोल विकास संस्थाहरुले विहान बेलुकी खाना खुवाउने र आर्थिक सहयोग समेत गरेका थिए । उक्त पुजामा सहयोग गर्ने दाताहरुलाई गुम्बा समितिले विभिन्न तरिकाले सम्मान समेत गरेका थिए ।

यो क्षेत्रमा बौद्वमार्गीहरूको बाहुल्यता भएकाले गुम्बा बनाउने र लामा गुरुद्धारा पुजापाठ लगाउने प्रचलन छ । यस गुम्बाले ०६८ सालमा पनि पाँच दिने विश्व शान्ति पुजाको आयोजना गरेको थियो । उक्त गुम्बा २०५६ सालमा स्थापना भएको हो भने दैनिक ३ जना लामा गुरुद्धारा पूजापाठ हुने गर्दछ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार