मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाद्धारा ‘छुसुक डान्स धमका’
संखुवासभा सम्पर्क परिवार दक्षिणकोरिया : डान्स पार्टीबाट आएको रकम असहाय विद्यार्थीलाई छात्रबृत्ति सहयोग गर्ने

Sankhuwasabhapress 607+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

संखुवासभा । संखुवासभाका गरिब, असहाय र अभिभावकविहिन विद्यार्थीहरुको पठनपाठनको सहयोगको लागि संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाले ‘छुसुक डान्स धमका’ को आयोजना गर्ने भएको छ ।

यहि सेप्टेम्बर २९ तारिखको दिन दक्षिणकोरियामा डान्स पार्टीको आयोजना गरिएको संखुवासभा सम्पर्क परिवार दक्षिणकोरियाका अध्यक्ष बमबहादुर घलेले जानकारी दिए । उनले यो डान्स पार्टी मनोरन्जनका साथै मानवीय हिसाबले केन्द्रीय रहेर आयोजना गरिएको हो । ‘हाम्रो संस्थामा अहिले १० लाख रुपैयाको कोष छ । सो कोषको ब्याजबाट जिल्लाभित्रका २० जना असहाय, गरिब र अभिभावकविहिन विद्यार्थीहरुलाई पठनपाठनको लागि सहयोग गर्न तत्कालै छात्रबृत्ति वितरण गर्न नामलिष्ट फाइनल भईसकेको छ भने कोषमा रकम थप गर्नका लागि डान्स पार्टीको आयोजना गरिएको हो । सम्पूर्ण खर्च कटाएर जम्मा भएको रकम कोषमा जम्मा गर्ने लक्ष्य छ ।’—अध्यक्ष घलेले भने ।

आर्थिक बर्ष २०८० को लागि छात्रबृत्तिमा जिल्ला भित्रका २० जना विद्यार्थीहरु छनौट गरिएको अध्यक्ष घलेले बताए । उनको अनुसार, धर्मदेवी–१ का मिलन तामाङ र निरज पौडेल, चिचिला–२ का दिब्य श्रेष्ठ र सोभियन राई, चैनपुर–९ का अनिषा राई र सोनी तामाङ, पाँचखपन–४ का भेषराज कार्की, मादी–६ का सोम तोलाङ्गी र अस्मिता सार्की, मादी–५ का अनु तामाङ र लाक्पा गोले, मादी–४ का अस्मिता तामाङ, मादी–९ का पूर्णबहादुर तामाङ, भोटखोला–२ का रितमान राई, सिलिचोङ–२ का डिप्लव कुलुङ, सिलिचोङ–३ का पवित्रा कुलुङ र रञ्जना कुलुङ, सिलिचोङ–२ का रेखा कुलुङ र दिलिप कुलुङ, सिलिचोङ–४ का प्रज्वल राई रहेका छन् । उनीहरुलाई जनही ५ हजार रुपैयाको दरले छात्रबृत्ति वितरण गरिनेछ । रकम सानो भएपनि पठनपाठन केही सहयोग पुगोस् भन्ने उद्धेश्यले छात्रबृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष घलेको भनाइ छ । 

उक्त डान्स पार्टीमा चर्चित डिजे सुशान्त लगायतको उपस्थिती रहनेछ । कार्यक्रमको ब्यबस्थापन केटिएम टु सोलले गरेको हो । कार्यक्रम बेलुकी ८ बजेदेखि भोलीपल्ट विहान ६ बजेसम्म चल्नेछ ।

सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको आयोजकले जनाए । कार्यक्रम हामी सबैको  भएकाले  सबैजनाको सहयोग  र हातेमालोबाट सभ्य ढंगले सुसम्पन्न गर्न र भब्य रुपमा मनाउन सबै एकजुट हुन, उपस्थित भईदिनु हुन आग्रह गरिएको अध्यक्ष घलेको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार