मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

विश्व क्यान्सर दिवस :
खाँदबारीमा सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयो

Sankhuwasabhapress 607+ समाचार ( )
२२ माघ २०८०, सोमबार

संखुवासभा । 'हेरचाहमा हुने असमानताको अन्त्य गरौं ' भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएको छ ।

दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगको सहकार्यमा खाँदबारीको पोखरि पार्कमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएको थियो ।

बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएको थियो ।

अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर रोगलाई प्राण घातक रोगका रुपमा लिईएता पनि समयमा उपचार गर्न सकिए यो रोग सामान्य रुपमा निको हुने रोग भएको धारणा राख्नुभएको थियो ।

वहाँले उचित खानपान, नियमित ब्यायाम र समय समयमा नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिने हो भने क्यान्सरबाट वच्न सकिने बताउनु भएको थियो ।

कार्यक्रममा समापन मन्तब्यका क्रममा अर्बुदका संखुवासभा सभापति कृष्णराज शाक्यले पछिल्लो समय क्यान्सर जस्ता खर्चिलो रोगको उपचारमा सरकारले केही सहयोगको ब्यवस्था गरेपनि त्यो सहयोग अति नै न्यून भएको धारणा राख्नुभएको थियो । सुर्तिजन्य बस्तुको प्रयोग र बजारिकरणलाई हतोत्साहि बनाउन सरकारले यस्ता बस्तुमा अधिकत्तम मुल्यबृद्धि गर्नुपर्ने अध्यक्ष शाक्यको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार