मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |
मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

कार्यसम्पादन मूल्याङकन :
कार्यसम्पादन मूल्याङकनमा संखुवासभाका १० स्थानीय तहमध्ये चिचिला गाउँपालिका प्रथम, सभापोखरी अन्तिम

Sankhuwasabhapress 607+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको १० वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङकनको आधारमा चिचिला गाउँपालिका प्रथम बनेको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्यसम्पादन मूल्याङकनको नजिता बुधबार सार्वजनिक गरेको हो । सो नजिता अनुसार चिचिला गाउँपालिका जिल्लाकै उत्कृष्ट सहित प्रथम बनेको छ भने सबैभन्दा अन्तिम सभापोखरी गाउँपालिका बनेको छ । नगरपालिका तर्फ खाँदबारी नगरपालिका अगाडी रहेको छ । 

कार्यसम्पादन मूल्याङकनको नजिता अनसार, चिचिला गाउँपालिकाले ४३ दशमलव २ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै प्रथम बनेको हो भने खाँदबारी नगरपालिकाले ३८ दशमलव ३९ प्रतिशत अंक सहित जिल्लामा दोस्रो र नगरपालिका तर्फ प्रथम बनेको छ । त्यसैगरि सिलिचोङ गाउँपालिका ३३ दशमलव ५७ प्रतिशत, मकालु गाउँपालिका ३२ दशमलव ७२ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसैगरि चैनपुर नगरपालिकाले ३१ दशमलव ६२ प्रतिशत र भोटखोला गाउँपालिका २५ दशमलव ६६ प्रतिशत अंक प्राप्त गर्दै छैटौं भएको छ । 

त्यसैगरि मादी नगरपालिका २४ दशमलव १३ प्रतिशत अंक प्राप्त गरेको छ भने पाँचखपन नगरपालिका २२ दशमलव १४ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसैगरि नवौं स्थानमा धर्मदेवी नगरपालिका पुगेको छ जसले २१ दशमलव १७ प्रतिशत अंक प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा अन्तिम सभापोखरी गाउँपालिका बनेको छ, सभापोखरीले १० दशमलव ३० प्रतिशत अंक प्राप्त गरेको छ । 

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङकन गरेको जनाएको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्याङकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्याङकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्याङकन गर्नेछ । आयोग संवैधानिक निकाय हो । सो आयोगले संघीयता संघ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड लगायत सम्पूर्ण विवरण र प्रतिवेदन हेरेर देशभरका ७५३ स्थानीय तहको नजिता सार्वजनिक गर्ने गर्दछ ।


प्रतिक्रिया

Sujan limbu १५ फाल्गुन २०८०, मङ्गलबार

La badhai xa savapokhari ga .pa lai yestai kam gardai janu ki suruko ki antimko huda jana Manish le chindaxa

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार