मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

पुस्तक विमोचन :
पदमकुमार श्रेष्ठद्धारा लिखित पुस्तक ‘अर्को जन्म’ विमोचन

Sankhuwasabhapress 607+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार
  • मोहनकुमार राई 

संखुवासभा । पदमकुमार श्रेष्ठद्धारा लिखित पुस्तक ‘अर्को जन्म’ को विमोचन गरिएको छ । 

विहिबार चैनपुर नगरपालिकाको दिलकुुमारी भवनमा पुस्तक विमाचन कार्यक्रमको आयोजना गरिएको थियो । विमोचन कार्यक्रममा उक्त पुस्तकका सम्पादक एकु घिमिरेले पुस्तक भित्र कहाली लाग्दो हवाई दुघटनासँगै संस्कृति, इतिहास, भूगोल, समाज, कृषि र शिक्षा जस्ता थुपै्र पाटाहरुलाई समेटेको बताए । विमोचित ‘अर्को जन्म’ कृति मौलिक र पृथक शैलीमा पुस्तकको आकार पाएको समेत घिमिरेको भनाइ थियो । उक्त पुस्तकको प्रकाशक श्रीमती निरमाया श्रेष्ठ रहेकी छिन् । 

पुस्तक साहित्यिक नभएर संस्मरणात्मक भएकाले जीवनका घटनाक्रमलाई सरसर्ती पस्कने काम गर्दै विश्वसनियताका लागि केही प्रमाणहरु समेत पुस्तकमा समावेश भएको जनाएको छ । २०४१ सालमा संखुवासभाको तुम्लिङ्गटार विमानस्थलबाट काठमाण्डौका लागि उडेको जहाज भोजपुरको चप्लेटीमा दुर्घटनामा परि नयाँ जीवन पाएका श्रेष्ठले जीवनको अनुभूतिसँगै कृषि, समाज र शिक्षा जस्ता क्षेत्रमा समेत आफ्नो पुस्तकमा उल्लेख गरेको पाइन्छ । पुस्तकमा लेखक स्वंयले निकै सरल, आकर्षक, सुन्दर भावशैलीमा दुर्घटनाको बयानको अतिरिक्त बाल्यकालिन जीवनयात्राको भोगाइ, संस्कृति र कृषिसँग सम्बन्धित कफी खेतीको प्रसंगले श्रेष्ठको लेखन कलाप्रतिको अभिरुचिलाई प्रस्ट्याउँछ । 

चैनपुर समाज सेवा युवा क्लवद्धारा आयोजित उक्त पुस्तक विमोचन कार्यक्रममा क्लवका तर्फबाट उमेशकुमार शाक्य, संखुवासभा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चन्द्रमणि दाहाल, रामेश्वर क्याम्पसका प्राध्यापक सुरेश रिमाल र शारदा माध्यमिक विद्यालय त्रिशुलेका प्रअ रविन्द्र नेयोङ्ग लगायत थुप्रै वक्ता तथा सर्जकहरुले लेखक तथा पुस्तकको वारेमा चर्चापरिचर्चा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार