मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चैनपुर :
संखुवासभाको चैनपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Sankhuwasabhapress 598+ समाचार ( )
१० असार २०८१, आइतबार

संखुवासभा । जिल्लाको चैनपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । चैनपुर नगरपालिका–८ बानेश्वर स्थित भ्यू होटल नजिक कोशी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालक स्थानीय चैनपुर–७ का ४९ वर्षीय पदम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले बताए । 

उनका अनुसार शनिबार साँझ करिब साढे ६ बजेको समयमा चैनपुरबाट खराङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८२४९ नम्बरको टिपरले सोही दिशाबाट जाँदै गरेको को.१५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई तत्कालै चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याई चेकजाँच गर्दा चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताए । 

मृतक श्रेष्ठ चैनपुर नगरपालिकाको कर्मचारी रहेको खुलेको छ । मृतक श्रेष्ठको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा नै राखिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले टिपर चालक चैनपुर–१० खराङ बस्ने ३३ बर्षीय कमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ । घटनास्थल चैनपुरबाट करिब ४ किलोमिटरको दुरीमा पर्दछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार