मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सुन
सुनको भाउ बढेर तोलाको १ लाख ३३ हजार पुग्यो

Sankhuwasabhapress 598+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । सुनको भाउले यतिबेला विश्व बजार तातेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ कीर्तिमान बनाइरहेको छ । बुधबार तोलाको १ लाख ३३ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको भाउ मुख्यतः ५ कारणले बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका विभिन्न रिपोर्टले देखाउँछ । पहिलो, अमेरिकी केन्द्रीय बैंक ९फेड० को ब्याजदर, दोस्रो, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, तेस्रो, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, चौथो, भूराजनीतिक द्वन्द्व र पाँचौ, आर्थिक गतिविधिमा सुस्तता देखिनु ।

सुनको भाउलाई यी विषयले असर पारेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरू पनि सहमत छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न कमोडिटी बजार अनुसन्धान अधिकृतहरूको भनाइ उद्धृत गर्दै मूल्य अझै बढ्ने प्रक्षेपण गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार