मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

पत्रकार महासंघ :
पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, सचिवमा गुरुङ विजयी

Sankhuwasabhapress 598+ समाचार ( )
७ पौष २०८१, आइतबार

२०८१ मंसिर २९ । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् भने सचिवमा नवीन गुरुङ निर्वाचित भएका छन् ।

 शुक्रबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा कृष्णराज शाक्यले २६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचीत भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि दिपेन्द्र शाक्यले ८ मत मात्रै प्राप्त गरेका थिए । त्यसैगरि सचिवमा नवीन गुरुङ र प्रेम प्रसाद निरौला बीच प्रतिस्पर्धा भएको थियो । गुरुङले २६ मत प्राप्त गदैै विजयी बने भने निरौलाले ७ मत प्राप्त गरेका थिए । ४ जना सदस्यका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए । सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाई निर्वाचीत बने भने भविन कार्की पराजित भएका थिए ।

महासंघको निर्वाचनमा अध्यक्ष, सचिव र सदस्य पदमा निर्वाचन भएको थियो । अन्य पदमा सर्वसहमत भएको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल, समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिश विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। 

प्रदेश परिषद् सदस्यमा गंगा विष्ट, समीक्षा मगर, माधव सुवेदी र ध्यानबहादुर राई निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन् । पत्रकार महासंघ संखुवासभा शाखामा ३८ जना सदस्यहरु रहेका छन् । तिमध्ये ३४ जना मात्रै मतदान प्रक्रिया सहभागी भएका थिए । नेपाल पत्रकार महासंघको प्रत्यक्ष प्रणाली अन्तर्गत केन्द्र, प्रदेश र स्थानीय गरि तीनै तहको एकैपटक निर्वाचन सम्पन्न भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार