मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नेप्से :
यो साता नेपाली सेयर बजार

Sankhuwasabhapress 598+ समाचार ( )
७ भाद्र २०८२, शनिबार
  • विकास राई

संखुवासभा । साताको अन्तिम कारोबार दिन विहिवार नेप्से ९.२२ अंकले घटेदै कुल ५ अर्व २ करोड १ लाख ४ हजार ८ सय १६ रुपैया ५५ पैसाको कारोवार सहित नेप्से २७५७.९७ अकंको विन्दुमा गएर बन्द भएको छ । 

नेप्सेमा आज विहीबार कुल २५० वटा कम्पनीहरुको १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता सेयर खरिद विक्रि भएको छ । ५३ वटा कम्पनीको सेयर मुल्य बढेको छ भने १९७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । आज निर्जीवन वीमा समुह १८.२५ अंकले बढेको छ । आज ठुलो कारोवार गर्ने दश कम्पनीहरुमा HRL,NRIC,BHL,BPCL,HDL,EBL,SHIVM,NABBC,NRN / CGH  रहेको छ । पछिल्लो समय सेयर बजार नेप्से डाउन ट्रेन्डमा गइरहेको छ ।

पछिल्लो साता नेप्से २७८७ अंकको आसपास बन्द भएको थियो । यो साताको पहिलो कारोवार दिन आईतवार नेप्से घटेर २७६० को आसपासमा आएर बन्द भएको थियो । सोमबार र मंगलबार भने नेप्सेले ग्रिन क्यान्डल बनाएको थियो । थुप्रै लगानीकर्ताहरुले यो सपोर्ट जोनमा आएको छ अव बजार विस्तारै उकालो लाग्छ भनेको थिए तर बजार २७८०–५७ को आसपास साइड वेज को मुवमेन्ट बनाएर बसेको छ । बजारमा मुल्य घटे सँगै कारोबार पनि घटेको छ । यसलाई सेयर बजारमा सकारात्मक इन्डिकेसनको रुपमा पनि हेर्ने गरिन्छ । करेक्सनको फेज सकेर विस्तारै बजार अप ट्रेण्ड जाने संकेत देखा पर्दै गएको केहि जानकारहरुको भनाई रहेको छ । 

नवनियुक्त नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडलको आगमन पछि सेयर बजारले केहि लय लिएको थियो । आ.व.२०८२/०८३ को मौद्रिक नीति आए पछि पनि सेयर बजारमा लगानीकर्ताहरु उत्साहित भएका थिए । बजारमा प्रशस्त तरलता हुनु, बैंकको ब्याजदर घट्नु, सरकार सेयर बजार प्रति सकारात्मक हुनु, प्रत्येक दिन नयाँ लगानीकर्ता भित्रिनु जस्ता सेयर बजारका सकारात्मक सुचाङ्कहरु हुदा हुदै पनि सेयर बजार लगानीकर्ताहरुले सोचे अनुरुप बजार नबढ्नुले साना लगानीकर्ताहरु अत्तालिएका छन् । बजार नबढ्नुका कारण पछिल्लो समय सेयर बजारमा नेप्सेले लगाएको अन्तिम १५ मिनेट कारोबारको नियमको असर भन्दै लगानीकर्ताहरु नेप्सेमा उक्त नियम हटाउन दबाव दिइरहेका छन् । 

साना लगानीकर्ताहरुको ओभर ट्रेडिङका कारण पनि बजार बढन नसकेको जानकारहरुको भनाई रहेको छ । नेप्से बुल बजारमा रहेको र यो वर्ष भित्रै नेप्सेले ३२०० को अंकलाई तोड्दै अर्काे नयाँ रेकर्ड बनाउने पनि सेयर बजार जानकारहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार