मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सशस्त्र द्धन्द्धकालमा वेपत्ता :
‘आफन्तको संम्झना : घर फर्किएर आउलान् भन्ने आशैआशामा बित्र्दैछ जीवन...’

Sankhuwasabhapress 598+ समाचार ( )
३२ जेठ २०८२, शनिबार
  • नवीन गुरुङ (वाना स्थलगत रिर्पोटिङ)

संखुवासभा । पाँचखपन–७ की कृष्णकुमारी खड्का जीवनको उत्ताद्र्धमा पुगेकी छिन् । दुई छोरा र दुई छोरी संघर्ष गर्दै हुर्काइन बढाईन् । दुई महिनाको काखे कान्छो छोरा छोडेर बेपत्ता भएका श्रीमान अमरबहादुर कालिकोटे खड्का घर फर्किएर आउला भन्ने आशा गरेको करिब तीन दशक नाघ्यो ।

हरेक साँझ र चाडपर्वमा टुप्लुक्क घर आइपुग्छन की भनेर आँगनको डिल तर्फ आँखा पुग्छ । प्रत्येक साँझ बाहिरबाट बोलाउर्दै ढोका ढक्काउँछन् की भन्ने की मानस्पटलमा घुमिरहने गरेको कृष्णकुमारी बताउँछिन् । श्रीमानले घर छोडेर बेपत्ता भएको करिब ३० बर्ष नाघ्यो । अहिले सम्म मरे, बाँचे के छन् भन्ने खबर नपाएको उनी बताउँछन् । आफ्नो क्षमताले भ्याएसम्म सबै तीर खोजी गरे । उनी भन्छिन्–‘कुखुरा चल्लाको त खोजी हुन्छ, आफनो मान्छेको सकेसम्म खोजी गरे, काँही कतै पत्तो लागेन ।’

उनी जस्तै सोही वडाका अमर बहादुर कटुवाल पनि २०५८ साल चैत महिनाबाट हराइरहेका छन् । सोही बर्ष पाँचखपन विहिबारेमा सरकार पक्ष र विद्रोही समुह बीच झडप भएको थियो । केही विद्रोही माओबादीहरुले ज्यान समेत गुमाएका थिए । त्यही झडप पछि अमरबहादुर कटुवालले सुराकी गरेको भन्ने उनी माथि शंका गरेको गाउँकै एकजनाले बुवालाई खबर दिएको छोरी भगवती कटुवाल ढकाल बताईन् । खबर पाएकै राति बुवा छोडेर बेपत्ता हुनुभयो आजसम्म फर्किएर नआएको छोरी भगवती बताउँछिन् । बुवाको खोजी गर्न सकेसम्म सबैतिर पहल गरे काँही कतैबाट केही चिनो चपेटो फेला पार्न नसकेको भगवतीको भनाइ छ । बुवाको खोजी गर्न कसैले चासो नदेखाएपछि स्थानीय सरकार वडा सरकार समक्ष आग्रह गरेको उनले बताईन् ।

यसैगरी विष्णु दर्जीले आफ्नो बुबा पदम बहादुर दर्जीको खोजी गरेको तीन दशक हुन लाग्यो । २०५५ सालदेखि वेपत्ता भएको बुवा पदमबहादुर दर्जीको धेरै ठाउँमा खोजी गरेको छोरा विष्णु दर्जीले बताए । उनले नेपालको धेरै ठाउँमा खोजी गरे, आफ्नो आफन्तहरु भएको सबै ठाउँ तिर खोजी गरे तर हालसम्म केही अत्तोपत्तो नभएको उनी बताउँछन् । ‘बुवाको खोजी गर्दै भारतको सिक्किम, आसाम र नागाल्याड गए । सिक्किममा ४/५ वर्ष काम गर्दै बुबाको खोजी गरे तर केही जानकारी पाउन सकिन् ।’–बिष्णुले भने ।

विष्णुको परिवारमा अहिले ३ जना सदस्य छन् । पदमका श्रीमती छुनमाया दर्जी र छोरा विष्णु आफन्तको खोजी लागिपरेका छन् । पदमबहादुरको श्रीमती छुनमायाँ दर्जी श्रीमान घर फर्किएर आउला भन्ने झिनो आशा रहेको बताउँछन् । उनी भन्छिन्–‘कतै जिउर्दै हुनुहुन्छ होला जस्तो लाग्छ । किन घर बिर्सनुभयो भन्ने संम्झेर उदेक लाग्छ ।’

स्थानीय सरकारले खोजी कार्यमा सहयोग गरेकाले चाँडै घर फर्किने आउने आशा राखेको छुनमायाँले बताइन् ।

सशस्त्र द्धन्द्धकालमा संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ का एकै वडाका तीन परिवार अमरबहादुर कटुवाल, अमरबहादुर कालिकोटे खड्का र पदमबहादुर दर्जी हालसम्म हराइरहेका छन् । उनीहरुको खोजी कार्यमा स्थानीय सरकार लागिपरेको छ । तत्कालीन समयमा सरकार पक्ष र विद्रोही पक्ष जताबाट बेपत्ता भएपनि हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएकाले खोजी कार्य तीव्र पारिएको हो । सशस्त्र माओवादी दन्द्धकाल र त्यसअघि विभिन्न कारणले परिवारबाट वेखबर भएकाहरुको खोजी गर्न वेपत्ता परिवारका सदस्यहरु लागेका हुन् । बर्षौ अगाडी देखि आफन्तको खोजीमा जुटेका स्थानीयहरु आफन्त कि सास कि लाश पाउनुपर्ने भन्र्दै खोजीमा अग्रसर बनेका हुन् । उनीहरुले यसअघि पनि चिनेजानेका सबै आफन्त, आशंका गरिएका संम्भावित स्थानहरुमा परिवारले खोजी गरिसकेका छन् । बर्षौ सम्म घर फर्किएर नआएकाले अहिले सम्म आफन्त भेटिन्छन् भने झिनो आशा रहेको परिवारका सदस्यहरुको भनाइ छ । उनीहरुले यस पटक भने स्थानीय सरकार पाँचखपन वडा नं. ७ लाई गुहारेका छन् । पाँचखपन ७ नं. वडा कार्यालयले सञ्चारमाध्यमबाट नै खोजी गरिदिन आग्रह गरेका छन् ।

सशस्त्र द्धन्द्धकालमा हराएका नागरिकहरुको आधिकारिक खोजी प्रक्रिया सुरु नहुँदा देशविदेशमा रहेका मानिसहरुलाई जानकारीको अभाव हुने र परिवारमा काजक्रिया लगायत विविध कार्यमा समस्या हुने गरेको छ । गाउँमा बस्ने ति मानिसहरुले आफन्तको खोजी आफ्नै ढंगले मात्रै गरेकाले राज्यको तर्फबाट हालसम्म केही सुविधा समेत प्राप्त गरेका छैनन् । उनीहरुले तत्कालीन समयमा बनेको स्थानीय शान्ति समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत खोजीको लागि उजुरी दिने समयमा थाहा नपाएको पीडित परिवारको भनाइ छ ।


पीडित परिवारहरुले आफन्तको खोजी गरिदिन पटक–पटक आग्रह गरेपछि स्थानीय सरकार वडा कार्यालयले चालु आर्थिक बर्षमा पाँचखपन वडा नं. ७ भित्रका बेपत्ता नागरिकहरुको पहिचान गरि खोजी कार्य थालेको वडा अध्यक्ष सन्तोष बस्नेतले बताए । उनले संघ र प्रदेश सरकारले नहेरेपनि नजिकको स्थानीय सरकारले खोजी कार्य थालेको र चाँडै परिवारको सम्पर्क आउने आशा राखेको बताए ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाको सहजीकरण र पाँचखपन नगरपालिका वडा नम्बर ७ को सहयोगमा पाँचखपन–७ का वेपत्ता नागरिकहरुको खोजी कार्य सुरु गरिएको हो । संचारमाध्यमले बेपत्ता नागरिकको लागि सक्दो सहयोग गर्ने बताएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार