मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

विरोध :
पत्रकार हत्या र संचारगृह माथिको आक्रमणको पत्रकार महासंघ संखुवासभाद्वारा विरोध

Sankhuwasabhapress 598+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

संखुवासभा । शुक्रबार राजावादीको प्रदर्शनका क्रमश काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले विरोधसभाको आयोजना गरेको छ । 

शनिबार दिउँसो खाँदबारी चाँदनीचौंकमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले विरोध सभा कार्यक्रमको आयोजना गरेको हो । समाचार संकलनको लागि खटिएको पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा संखुवासभाका पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकारले स्वतन्त्र पत्रकारिता गरिरहँदा पत्रकारलाई टार्गेट गरेर हत्या, कुटपिट र संचार संस्था माथिको आक्रमण निन्दनीय भएको पत्रकार महासंघ संखुवासभाको भनाइ छ ।

विरोध सभालाई सम्बोधन गर्दै अग्रज पत्रकार भोलानाथ गौलीले पत्रकारहरु सधैं छिटो र नयाँ ताजा समाचार बेक्रिङ गर्ने उद्धेश्यले कर्ममा खटिने गरेको बताउर्दै त्यही पत्रकार माथि आन्दोलित समुदायले टार्गेटमा राख्नु दुःखत भएको बताए । उनले रिर्पोटिङमा खटिएका पत्रकारको हत्या गरिनुले राज्य कता जाँदैछ, नागरिकको सुरक्षाको प्रत्याभूति कसरी हुने भन्ने प्रश्न रहेको बताए । 

त्यसैगरि विरोधसभालाई  सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले राजनीतिक मुद्दाका आडमा पत्रकार र संचार माध्यममाथीको आक्रमण नियोजित रुपमा भएको बताए । उनले पत्रकार, संचारगृह र आम नागरिकका सम्पत्ति माथिको आक्रमण गर्न बन्द गर्नुपर्ने बताउर्दै वार्ताबाट सहमती र निष्कर्ष निकालिनु पर्नेमा जोड दिए ।

पत्रकार हत्याको दोषी माथि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै मृतक पत्रकारको परिवारलाई राज्यले राहत सुविधा दिनुपर्ने अध्यक्ष शाक्यले माग गरे । आमनागरिक र क्षति पुगेको संचार माध्यमहरुलाई राज्यले सहयोग गर्नुपर्ने अध्यक्ष शाक्यको भनाइ थियो । 

शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।

विरोधसभा कार्यक्रममा संखुवासभाका अग्रज पत्रकारहरुका साथै वर्तमान क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम पत्रकार महासंघका सचिव नवीन गुरुङले संचालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार