संखुवासभा । नेकपा एमाले संखुवासभाले आफ्नो ७६ औं स्थापना दिवशको अवसरमा जिल्ला अस्पताल संखुवासभाका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।
मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी लेलिनवादी (नेकपा एमाले)ले कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवशको अवसर पारेर जिल्ला अस्पताल संखुवासभाका बिरामीहरुलाई फलफुल वितरण गरेको हो । उक्त फलफूल वितरण कार्यक्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई लगायत पार्टीका पदाधिकारीहरु, जिल्ला कमिटि सदस्यहरु, नगर कमिटी, वडा कमिटिका सदस्यहरु, अस्पतालका प्रमुख डाक्टर सन्तोष देव र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नेकपा एमाले संखुवासभाका अध्यक्ष खड्ग राईले मुलुकको शासनसत्ता परिवर्तनमा नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य भुमिका रहेको बताए । उनले हिजोको राणा शासन देखि आजको लोकतान्त्रि गणतन्त्र सम्म आईपुग्दा कम्यूनिष्ट आन्दोलनले निकै महत्वपूर्ण र उल्लेखनीय योगदान पु-याएको बताए ।

त्यसैगरी स्थापना दिवशकै अवसरमा नेकपा एमाले चैनपुर नगर कमिटीको आयोजनामा सरसफाई कार्यक्रम र सिलिचोङ गाउँ कमिटीको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
नेकपा एमालेले आदर्श नेतृत्व मान्दै आएको संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ, जबजका प्रणेता कमरेड मदन भण्डारी र पहिलो कम्युनिष्ट प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीका सच्चा प्रतिनिधित्व नेकपा (एमाले) ले गर्दै आएको नेकपा एमाले संखुवासभाले जनाएको छ ।
वि.सं. २००६ साल बैशाख ९ गते कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । नेकपा एमालेले आजैको मितिलाई स्थापना दिवशको रुपमा मनाउर्दै आएको छ ।
नेकपा एमाले जिल्ला कमिटि संखुवासभाका उपसचिब लेखनाथ बुढाथोकीले विभिन्न आरोह अवरोहहरु पार गर्दै जहाँनीय राणा शासनको अन्त्य, निरङकुस पञ्चायती व्यवस्थाको अन्त्य, राजतन्त्रको अन्त्य हुँदै गणतन्त्र स्थापनासम्म आइपुगेको यो कम्युनिष्ट आन्दोलन ७६औं स्थापना दिवसको अवसरमा आज यहाँसम्म आइपुगेको बताए ।