मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अपर अरुणको अनुगमन गर्न अर्थमन्त्री र ऊर्जामन्त्री आज संखुवासभा आउर्दै

Sankhuwasabhapress 598+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

संखुवासभा । संखुवासभामा निर्माण हुन लागेको १०६१ मेगावाटको अपर अरुण आयोजनाको अनुगमन गर्न अर्थ र ऊर्जामन्त्री संखुवासभा आउँदैछन्।

आज (शुक्रबार) अर्थमन्त्री डा.प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली जिल्ला आउने भएको हो। प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो।

टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली आयोजनास्थल भोटखोला आउने आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताए। अपर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ।

आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ। आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ। आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ।

आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ। अपर अरुण आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालेको छ।

प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्ग सहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कन्काइ सुरुङगा जेभी कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ। पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुल समेत निर्माण गरिनेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार