संखुवासभा । सामुदायिक वन उपभोक्ता महासंघ संखुवासभाको ७ औं जिल्ला अधिबेसन सम्पन्न भएको छ ।
गत शुक्रबार खाँदबारीमा भएको अधिबेसनले लक्ष्मीमायाँ अधिकारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष रामकुमार लामा (भोटे), सचिव भरत कार्की, कोषाध्यक्ष यसोदा मगर, सदस्यहरु गोपालबहादुर खड्का, रुविमणि कार्की (श्रेष्ठ), सूर्यबहादुर ओझा, छिटिक भोटे, अम्बर राई, तिलकबहादुर गुरुङ, सेविका राई, जिवन सुन्दास, कल्पना खत्री (कार्की), सुजता पोख्रेल, भेषराज भण्डारी, लक्ष्मी तामाङ र कुलबहादुर कार्की चयन भएका हुन् ।
उक्त अधिबेसनमा जिल्लाभरमा सामुदायिक वनमा आबद्धहरुको उपस्थिती र सहभागीता रहेको थियो ।