संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले ‘समुदायमा कांग्रेस अभियान’ संचालन गरिरहेको छ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौ’ भन्ने नारा सहित कांग्रेसले अभियान सुरू गरेको हो । त्यसैअभियान अन्तर्गत संखुवासभा जिल्लाभर अभियान संचालन भइरहेको छ ।
पछिल्लो समय समुदायस्तरलाई लक्षित गरि संचालनमा रहेको कार्यक्रमले पार्टी संगठन बढाउने नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनले पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुलाई जनताको घरदैलो सम्म पुग्ने र केन्द्रीय सर्कुलर अनुसार नै समुदायमा कांग्रेस अभियान संचालन भइरहेको बताए ।
उनको अनुसार, जिल्लाका १० वटै स्थानीय तह र ७६ वटै वडामा प्रतिनिधीहरु खटाई समुदायस्तरमा कांग्रेस पुगीरहेको छ । माघ १६ गते शहिद दिवशको अवसरमा समुदायका कांग्रेस अभियान सफल पार्न जिल्लाको ७६ वटै वडास्तरमा कार्यकर्ताहरु परिचालन गरिएको सचिव घलेको भनाइ छ । जिल्लाको ७६ वटै वडामा समुदायमा कांग्रेस अभियान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ ।
माघ १३ देखि २६ गते सम्म संचालन हुने समुदायमा कांग्रेस अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा १ जना संयोजक र २ जना सदस्य गरि तीन सदस्यीय समिति गठन गरि परिचालन गरिएको जिल्ला सचिव घलेले बताए । उनको अनुसार, खाँदबारी नगरपालिकामा निर्मला तामाङ बस्नेतको संयोजकत्वमा कमला गुरुङ र सुशीला पराजुली सदस्य रहेका छन् । त्यसैगरि चैनपुर नगरपालिकामा चन्द्रकुमार घोण्डे गुरुङको संयोजकत्वमा सुमित्रा श्रेष्ठ र सञ्जय शेर्पा सदस्य रहेका छन् ।
त्यसैगरि धर्मदेवी नगरपालिकामा दिपक थक्लुङ्गको संयोजकत्वमा डम्बर बस्नेत र भक्तबहादुर गुरुङ सदस्य रहेका छन् भने पाँचखपन नगरपालिकामा अञ्जना लिङ्थेप लिम्बुको संयोजकत्वमा मुना दाहाल पोखरेल र सिता श्रेष्ठ सदस्य रहेका छन् । त्यसैगरि मादी नगरपालिकामा थलकुमार लिंखाको संयोजकत्वमा दिपेन्द्र वान्तवा र पदम अधिकारी सदस्य रहेका छन भने मकालु गाउँपालिकामा चक्र बिसुन्केको संयोजकत्वमा मिङ्मा शेर्पा र काजीमान गुरुङ सदस्य रहेका छन् ।
त्यसैगरि चिचिला गाउँपालिकामा हरिश्वर थापामगरको संयोजकत्वमा शेरबहादुर बन र पासाङ नुर्बु शेर्पा सदस्य रहेका छन भने सिलिचोङ गाउँपालिकामा राजेन्द्र घलेको संयोजकत्वमा छत्रमणि काफले र रामबहादुर कुलुङ सदस्य रहेका छन भने सभापोखरी गाउँपालिकामा उमेश चौहानको संयोजकत्वमा थिरबहादुर राई र सुवास कालाखेती सदस्य रहेका छन भने भोटखोला गाउँपालिकामा महेश थपलियाको संयोजकत्वमा श्याम निरौला र राईबहादुर राई सदस्य तोकीएका छन् ।
कार्यक्रमको प्रभावकारीताका बिषयमा जिल्लास्तरमा अनुगमन समिति समेत बनाइएको कांग्रेसले जनाएको छ । जसमा नेपाली कांग्रेसका निवर्तमान जिल्लासभापति दिपनकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा सदस्यहरु कुमारबाबु अधिकारी, टकमान घले, दिपेन्द्रमान शाक्य, देउमान राई, उषा कार्की र भीम कार्की रहेका छन् ।
समुदायमा कांग्रेस अभियान संचालनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला संखुवासभाको विभिन्न गाउँहरुमा कार्यक्रममा पुगीरहेका छन् । त्यसैगरि जिल्लास्तरका सबै नेता तथा कार्यकर्ता अभियान सफल पार्न लागिरहेका छन् ।