संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–७ पर्ने खाँदबारी–कलचेबेसी सडक जनश्रमदानद्धारा सरसफाई गरिएको छ ।
शनिबार खाँदबारी नगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा वडाबासीहरुको सहभागीतामा जनश्रमदानद्धारा सडकको सरसफाई गरिएको हो । खाँदबारी देखि कलचेबेसी सडकको विभिन्न भागमा बाढि र पहिरोहरुले सडकको नाली अवद्धरु भएको, सडकमा ढुंगा माटोले खसेकाले वडाबासीहरुले जनश्रमदान गरि सडक सरसफाईसरसफाई गरिएको खाँदबारी ७ का वडाध्यक्ष देवबहादुर पुवाँर मगरले बताए । भर्खरै मात्रै कालोपत्रे गरिएको सडकको विभिन्न ठाउँहरुमा सडकमा ढुंगा माटो खसेकाले करिब एक किमि भन्दा बढि सडकको दायाँ बाँया सरसफाई गरिएको वडाध्यक्ष मगरले बताए ।
उक्त जनश्रमदान कार्यमा वडाध्यक्ष मगर सहित वडाका जनप्रतिनिधीहरु र वडाबासी गरि करिब दुई सय जनाको सहभागीता रहेको थियो । बर्खाको कारण सडकमा खसेको ढुंगा माटो र सडकको दाँया बायाँ झारजंगल बढेकाले सरसफाई गरिएको हो । आजभोली गाउँघरमा जनश्रमदान हराउर्दै गएकाले सानातिना कामहरु गर्न सरकारको मात्रै मुख ताक्न नहुने वडाध्यक्ष मगरको भनाइ छ । शनिबार विदाको दिन पारेर स्थानीय वडाबासी गाउँलेहरुले जनश्रमदानद्धारा काम गर्नुपर्ने सोच राखेर सडकको सरसफाई गरिएको वडाध्यक्ष मगरले बताए ।
मात्र २जनाको सहभागिता होर???