मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी नगरपालिका :
खाँदबारी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

संखुवासभा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको सहजीकरणमा खाँदबारी नगरपालिका सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।

सोमबार खाँदबारी नगरपालिकाको सभाहलमा नगरको विकास निर्माण, सुशासन र सेवाप्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरेको हो । आर्थिक बर्ष २०८१÷०८२ को गत श्रावण देखि पौष सम्मका नगरपरिषदबाट पारित नीति तथा कार्यक्रम, नगरले दिइरहेको सेवाप्रवाह, विकास निर्माण र सुशासनको बिषयमा नगरबासीहरुबाट राय प्रतिकृया, जिज्ञासा र गुनासो बारेमा छलफल गर्ने उद्धेश्यले खाँदबारी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । 

नगरपालिकाकालाई जिम्मेवार बनाउने उद्धेश्यले हाम्रो कमीकमजोरी बारेमा राय लिनका लागि नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले बताए । नगरभित्रका र नगरपालिकासँग सम्वन्धित जुनसुकै बिषयमा आफ्नो जिज्ञासा राख्न र सम्वन्धित जिम्मेवार ब्यक्तिहरुबाट सुझावको अपेक्षा गरि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख थपलियाको भनाइ थियो ।

खाँदबारी नगर क्षेत्रका स्थानीय बासिन्दाहरुले विभिन्न क्षेत्रका बारेमा जिज्ञासा तथा प्रश्न गरेका थिए । नगरपालिकाले गरिरहेको आयोजना विभिन्न आयोजना, तुम्लिङटार मुन्सीखोला—छयाङकुटी सडक क्षेत्रको लगत कट्टा, खाँदबारी खानेपानी र मनकामनाधाममा बनेको नयाँ समिति, सुशासन र सेवाप्रवाहका बारेमा नागरिकहरुले प्रश्न गरेका थिए । 

नगरक्षेत्रको बिकासका लागि भईरहेका कामहरु के कसरी अगाडि बढिरहेको, लक्षको तुलनामा उपलब्धी र प्रगतिहरु के कस्ता रहेका छन, नगरले राखेका भावी योजना, समस्या चुनौती र संभावनाका बारेमा उठेका जिज्ञासा र प्रश्नहरु गरेका थिए ।

स्थानीयहरुबाट आएको प्रश्नको जवाफ खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, आर्थिक शाखा प्रमुख लेखा अधिकृत रुद्रमणि श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख खेमराज निरौला, आर्थिक प्रशासन शाखा प्रमुख दिनेश कट्टेल, पूर्वाधार शाखा प्रमुख विजय खड्का लगायतले जवाफ सहित स्पष्ट पारेका थिए ।

खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाको अध्यक्षता भएको कार्यक्रममा सबै शाखा प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसपछि खुल्ला छलफल भएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले कार्यक्रम माथि प्रकाश पारेका थिए भने महासंघका निवर्तमान अध्यक्ष तथा कोशी प्रदेश सदस्य इन्द्र गिरीले नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन प्रस्तुत गरेका थिए । पत्रकार महासंघका सचिव नवीन गुरुङले कार्यक्रम संचालन गरेका थिए भने तीन वटा एफएमहरु खाँदबारी, संखुवासभा र पाख्रिबासले प्रत्यक्ष प्रशारण गरेका थिए । त्यसैगरि मकालु अनलाईन, खाँदबारी टिभि, नागरिक चासो, कृष्ता मिडिया हाउस फेसबुक पेज लगायतबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार