मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

फुटबलको महासंग्राम :
अरुणभ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु, खाँदबारीका मेयर महेश थपलियाले उद्घाटन गर्ने

Sankhuwasabhapress 598+ समाचार ( )
७ कार्तिक २०८१, बुधवार

संखुवासभा । आज देखि अरुणभ्याल्ली फुटबल प्रतियोगिता शुरु हुन लागेको छ । जिल्लाको  खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा नवौं संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता शुरु हुदैछ । 

‘सामाजिक सद्भावका लागि युवा एकता—विकृति : विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने मुलनारा सहित एडभान्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो । ०५० सालमा स्थापना भएको क्लबले विभिन्न प्रतियोगिता हुदैं ०६४ सालदेखि अरुणभ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता बर्सेनि दशैं र तिहारको बीचमा गर्दै आएको छ ।

फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीहरुको ब्याबसायीकरण गर्ने उद्धेश्यले मानेभञ्ज्याङ्गमा बर्सेनि फुटबल प्रतियोगिता संचालन गर्दै आएको जिल्ला फुटबल संघका अध्यक्ष तथा खाँदबारी ३ नम्बर वडाका वडाध्यक्ष भरतकुमार घिमिरेले बताए । उनले यो प्रतियोगिता विगत बर्षहरुको निरन्तरता भएको बताए।

प्रतियोगितामा जिल्लाभित्रका ख्यातीप्राप्त ९ वटा टिम र बाहिर जिल्लाका ३ टिम गरि १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । जिल्लाभित्रका आयोजक एडभान्स, खाँदबारी युथ क्लब, लोहोरुङ क्लब, सेकाहा क्लब, पञ्चकन्या क्लब, तीनपोखरी क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब गरि ९ वटा रहेका छन् भने जिल्ला बाहिरका पाथीभरा क्लब सुनसरी, चुलाचुली क्लब धनकुटा र बेलबारी फुटबल क्लब मोरङ्गका रहेका छन् । 

आज दिउँसो एक भब्य समारोह बीच प्रतियोगिताको प्रमुख अतिथी खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रपछि पहिलो खेल सेकाहा क्लब र खाँदबारी क्लब बीच प्रतिपस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ भने विगतका बर्षदेखि प्रतियोगिता हेर्न टिकट काटेर हेर्नुपाइने ब्यबस्थापन गरेको छ । 

 प्रतियोगिताका बिजेताले नगद रु. २ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले नगद २५/२५ हजार रुपैया प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५/५ हजार रुपैया प्राप्त गर्नेछन् । आज अर्थात कात्तिक ७ देखि संचालन हुने प्रतियोगिता १२ गते समापन हुनेछ ।

प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत रहने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार