मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खाँदबारी - ११
खाँदबारी ११ कफीमा आत्मनिर्भर वडा बनाउने

Sankhuwasabhapress 598+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

संखुवासभा । खाँदबारी नगरपालिका ११ नम्बर वडाले वडाबासीहरूलाई कफी खेतीमा आत्मनिर्भर र ब्याबसायिक बनाउने उद्वेश्यले कफीको बिरुवा वितरण गरेको छ ।

आज सोमबार एक कार्यक्रम बीच ४ हजार ९ सय ५० वटा कफीको बिरुवा खाँदबारी नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष अनिल राईले कृषकहरूलाई वितरण गरेका थिए । वडाध्यक्षसँगै वडा सदस्यद्वय लिला घले र कमला सार्की, वडासचिव गोविन्दलाल राईले वितरण गरेका हुन् । 

११ नम्बर वडाभित्रका हरिभक्त घले, उत्सव गुरुङ, सिताराम गुरुङ, उत्तरकुमार गुरुङ, बरुणकुमार गुरुङ, तिलबहादुर गुरुङ, बमप्रसाद गुरुङ, शम्भू श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर विश्वकर्मा, पृथीमान विश्वकर्मा, कर्णबहादुर विश्वकर्मा, तारालाल गुरुङ, टेकबहादुर गुरुङ, अनिश गुरुङ र लिला घले लगायत १६ जना कृषकलाई ५० वटा देखि ५ सय वटा सम्म विरुवा वितरण गरेको हो ।

वडा कार्यालयले केही दिन अगाडी कफी विरुवा माग गर्न कृषकहरुलाई सार्वजनिक सूचना नै आह्वान गरेको थियो । कृषकहरूको मागको आधारमा बिरुवा वितरण गरेको र बिरुवा रोपेपछि पनि वडाका प्रतिनिधीहरूले नियमित अनुगमन गर्ने वडाध्यक्ष अनिल राईले बताए । उनले वडा कार्यालय निःशुल्क अनुदानमा प्रदान गरेको विरुवाको सहि सदुपयोग गर्न समेत सबैमा अनुरोध गरेका थिए ।

पछिल्लो समय गाउँ–गाउँमा बाँझो जमिनहरु बढदै गईरहेको हुदाँ बाँझो जग्गाजमिनको सहि ढंगले सदुपयोग गर्नुका साथै ब्याबसायिक खेती गरि आम्दानीको स्रोत बनाई आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले कफीको विरुवा वितरण गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

चालू आर्थिक बर्ष २०८१/८२ अन्तर्गतका कार्यक्रम अनुसार कृषकहरूलाई कफीको बिरुवा वितरण गरेको हो । खाँदबारी ११ कोक्तिमाका स्थानीय इन्द्र श्रेष्ठले उत्पादन गरेको कफीको बिरुवा वडाले खरिद गरि वितरण गरेको हो । कृषकहरुलाई कफीको नर्सरीमा लगेर विरुवा वितरण गरिएको थियो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्वेश्यले नर्सरीमा नै वितरण कार्यक्रम राखिएको वडाको भनाइ छ । अघिल्लो बर्ष उक्त वडा कार्यालयले सुन्तला र कागतीको बिरुवा वडाले वितरण गरेको थियो । 

स्थानीय इन्द्र श्रेष्ठ लगायतका एक समुहले कृषि र पशुपालन लगानी गरेको छ । सो समुहले त्यहाँ १५ हजार कफीको बिरुवा लगाएका छन् । ३ बर्षअघि देखि ब्याबसायिक कफी खेती विस्तार गर्नुको साथै बिरुवा समेत उत्पादन गर्दै आएका छन् । उनीहरुले पशुपालन ब्याबसायका लागि सम्पूर्ण पूर्वाधार तयार गरि पशुपालनको तयारी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार