संखुवासभा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका लागि संखुवासभाबाट ३९ जना प्रतिनिधीहरु सर्वसम्मत चयन भएका हुन् ।
जिल्लाका १० वटै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य विपीन तामाङले बताए । उनको अनुसार, खाँदबारी नगरपालिकाबाट मुरारीप्रसाद खतिवडा, जितबहादुर घिमिरे, सुमन श्रेष्ठ, नेत्र रेग्मी, भविश्वर गुरुङ, राजेन्द्र थापा चयन भएका छन् भने महिला तर्फ राधा खनाल, सुन्दरी खतिवडा, चेतकुमारी कटुवाल प्रतिनिधि चयन भएका छन् ।
त्यसैगरि चैनपुर नगरपालिकाबाट तुलसीप्रसाद न्यौपाने, वीरेन्द्र के.सी., भरतकुमार खत्री, भरत खड्का, सुर्य दाहाल र गोपाल श्रेष्ठ चयन भएका हुन् । यस्तै महिला तर्फ हेमकुमारी चौहान, कमला श्रेष्ठ, शान्ति कटुवाल चयन भएका हुन् ।
मादी नगरपालिकाबाट विदुरकुमार लिङ्थेप, टंक दाहाल, पृथक पाठक र महिला तर्फबाट सुनिता दाहाल चयन भएका छन् । धर्मदेवी नगरपालिकाबाट भिम लिंखा, सुर्यबहादुर पौडेल र महिला तर्फ अम्बिका खवास चयन भएका छन् ।
त्यसैगरी पाँचखपन नगरपालिकाबाट हिन्दुकुमार राई र उषा पोख्रेललाई चयन भएका छन् भने भोटखोला गाउँपालिकाबाट सुबास भोटे र चिचिला गाउँपालिकाबाट लोकबहादुर घले चयन भएका छन् ।
त्यसैगरी मकालु गाउँपालिकाबाट ज्ञानेन्द्र गुरुङ, सिलिचोङ्ग गाउँपालिकाबाट नरभुपाल राई मेनका राई, सभापोखरी गाउँपालिकाबाट विपिन तामाङ, तिर्थ भट्टराई र बद्री सापकोटा चयन भएका छन् भने महिला तर्फबाट नरमायाँ तामाङ र मजदुर तर्फबाट पर्शुराम रिजाल, दलितबाट खड्ग बिश्वकर्मा र रिता शंखर प्रतिनिधि छनौट भएका छन् ।
शनिबार खाँदबारीमा एक कार्यक्रमका बीच पूर्वमन्त्री तथा संखुवासभा जिल्ला इन्चार्ज जीवन घिमिरेले स्थानीय तहबाट चयन भएका सबै प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरेका थिए । यही असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनमा संखुवासभा प्रतिनिधि छनौट भएका हुन् । उनीहरुले प्रदेश कमिटि चयनका लागि उम्मेदवारी र मतदान गर्न पाउनेछन् ।