मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

युवा संगठन नेपाल :
जाँडरक्सी सेवन गरि विद्यालय जाने शिक्षक र स्थानीय तहमा अनुदान लिएर दुरुपयोग गर्नेलाई युवा संगठन नेपालको चेतावनी

Sankhuwasabhapress 598+ समाचार ( )
३ फाल्गुन २०८०, बिहीबार

संखुवासभा । नेपाल कम्युनिस्ट पार्टीका उत्तराधिकारी संगठन युवा संगठन नेपाल संखुवासभाले जाँड रक्सी सेवन गरि विद्यालय जाने शिक्षक र स्थानीय तहमा भ्रष्टाचारी, कमिसनखोरी देखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

युवा संगठन नेपाल संखुवासभाले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो । संखुवासभा भित्रका स्थानीय तहमा रहेका सरकारी निकायमा हुने अनियमितता, भ्रष्टाचारदेखि घुसखोरी विरुद्धमा सशक्त जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो । युवा संगठन नेपालले प्रेस विज्ञप्ती मार्फत  बेथिति विरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएको हो ।

युवा संगठन नेपाल संखुवासभा जिल्ला अध्यक्ष सन्तोष (सि) तामाङले वेथिति विरुद्धमा संगठनले सशक्त जनताको उपस्थितिमा आन्दोलन गर्ने बताए । संगठन अध्यक्ष सन्तोष (सि) का अनुसार, संखुवासभा जिल्लाभर, शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण विरुद्ध संघर्ष गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने, बिकास निर्माणका काममा आफ्ना नेता कार्यकर्ताको हालीमुहाली गर्ने, खाँदबारी–किमाथांका सडक निर्माणमा दवाव दिने, संघ देखि स्थानीय तहसम्मका तीनै तहका जनप्रतिनिधीले लिने २८ देखि ३० प्रकारका भत्ता खारेजी, सरकारी सवारी साधन दुरुपयोग रोक्ने, सार्वजनिक सम्पत्ति दुरुपयोग गर्ने, अपचलन गर्ने विरुद्धमा कारबाही गर्ने, लघुवित्त, बैंक वित्तिय संघ संस्थाहरुको ठगि विरुद्धमा संघर्ष गर्ने, सरकारी अनुदान दुरुपयोग विरुद्धमा जाने, किसानको बस्तु तथा सेवा उत्पादनलाई बजारीकरण गर्न दवाव दिने, संखुवासभाको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने बताए ।

जिल्ला अध्यक्षले उक्त एजेण्डालाई अघि सारेर आन्दोलनका कार्यक्रम गर्ने चेतवानी दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार