मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#सिद्धकाली मन्दिर :
अविरल बर्षापछि संखुवासभाको सिद्धकाली मन्दिर परिसरको रेलिङ र पर्खालमा क्षति

Sankhuwasabhapress 598+ समाचार ( )
१३ अशोज २०८१, आइतबार
  • मोहनकुमार राई

चैनपुर । जिल्लाको चैनपुर नगरपालिका–३ स्थित पूर्वकै प्रसिद्ध धार्मिक शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा लगाइएको रेलिङ सहितको पर्खाल शनिबार राती पहिरोले मन्दिरलाई जोखिम बनाएको छ । 

मन्दिर परिसरमा लगाएको रेलिङ सहितको ७५ मिटर लामो मेशनरी वाल मध्ये २० मिटर लामो वाल र सँगै रहेको फलामको रेलिङ र फलैचा समेत पहिरोले क्षति पु-याएको छ । पहिरोले रेलिङ सहितको वाल भत्कदा २० लाख माथिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सिद्धकाली मन्दिरका पुजारीका अनुसार गयरातीबाट नै पहिरो चल्न शुरु भएको र निरन्तर वाल भत्किने क्रम जारी रहेको समेत मन्दिरका पुजारी ओमनाथ पुरीले बताए । 

दशैंको नवरात्र देखि नै यस मन्दिरमा उल्लेखनीय भक्तजनहरुको घुइँचो लाग्ने यस मन्दिरमा पहिरोले क्षति पु-याएपछि तीर्थयात्रीहरुलाई समेत विशेष धार्मिक पूजाआरधनामा समस्या हुने भएको छ  । मन्दिरमा दर्शन गर्नका लागि टाढा–टाढादेखि यस मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको भीडभाड हुने गर्दछ । नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा हरेक वर्ष वडादशैको फुलपातीका दिन नेपाल प्रहरी, शसस्त्र प्रहरीबल अरुण ४ नं. गुल्म र मन्दिर व्यवस्थापन समितिले विशेष पूजा आरधाना गर्दै फूलपाती बढाईका साथ दशै भित्र्याइने गरिन्छ । 

दशैं नजिदै गर्दा मन्दिर परिसमा पहिरोले क्षति पुग्दा मन्दिर व्यवस्थापन समिति चिन्तित देखिन्छ । आज (शनिबार) सिद्धकाली मन्दिर संरक्षण सबर्धन समितिको सर्वपक्षीय बैठक बसि मन्दिर परिसरमा पर्खाल सहितको रेलिङ वाल दशै अगावै सो पर्खाल पुनर्निर्माण गरिसक्ने  निर्णय गरिएको छ । बैठकमा मन्दिर व्यवस्थापन समिति, सुरक्षा निकाय, स्थानीय चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ,  उपप्रमुख एलिना श्रेष्ठ जिल्लास्थित सुरक्षा निकाय जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, इलाका प्रशासन कार्यालयका चैनपुरका प्रमुख दिनेश बस्नेत सहित स्थानीयवासीहरुको उपस्थितिमा मन्दिरको पहिरोले भत्काएको संरचनालाई पुनर्निर्माण गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतकुमार खत्रीले जानकारी दिए । 

र तामाङले मन्दिर परिसरमा पहिरोेले पु-याएको क्षतिको अनुगमन पछि तत्कालै पहिरो गएको स्थलको स्टिमेट गराएर भत्किएको रेलिङ सहितको वालको पुनर्निर्माण गर्न चैनपुर नगरपालिका लागि पर्ने बताए । 

स्थानीय महिला एवं मन्दिर व्यवस्थापन समिति सदस्य नमिता काफ्लेले ७ वर्षअघि मात्र विभिन्न दाताहरुको सहयोगमा बनेको उक्त पर्खाल बर्षाको कारण क्षति पुगेको छ, नजिकिदै गरेको बडादशै अगावै रेलिङ सहितको वाल निर्माण गरी भक्तजनहरुलाई सहजता पु-याउन मन्दिर समितिले पहल गर्ने बताइन । मन्दिरमा गएको पहिरोले सिद्धकाली स्थित सामुदायिक सहकारी भवन, स्थानीय भोला धितालको घरलाई समेत पहिरोको रोकथाम नगर्ने हो भने उच्च जोखिममा रहेको सुरक्षा स्रोतले जनाएको छ । शनिबार नै मन्दिर परिसरमा बिछाइएका पहिरोले तानिएका छपड ढुंगाहरु पन्छाउन सुरु गरिएपनि अविरल बर्षाको कारणले काम गर्न कठिनाई भइरहेको छ ।  



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार